Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाण्डौ । आखिर नेपाल प्रहरी काँग्रेसकी बडामहारानी डा. आरजु देउवाको आतङ्कबाट मुक्त भएन । एसपीबाट एसएसपी वढुवा तलै भए पनि डिआईजी वढुवामा पहिलो नम्वरमा पर्ने भाग्य वशन्तबहादुर कुँवरको जु¥यो । त्यसका लागि तीनै बडामहारानी डा. आरजुको आर्शिवाद थियो । एसएसपी शन्दीप भण्डारी सातौंमा पुगे ११ तहका वशन्त कुँवर एकाएक डिआईजी भएपछि प्रहरीभित्रको काँग्रेसी तुरुप देखियो । बालकृष्ण खाँड गृहमन्त्री भएका बेला डा. आरजुको आदेश विना कुनै सरुवा वढुवा हुँदैन्थ्यो । अहिले प्रहरी एआईजी वढुवामै कुँवर पहिलो थिए । संगठनमा प्रतिस्पर्धा कामको हुन्छ । राजनीति बढी हुने प्रहरीमा काँग्रेस र एमालेकै विगविगी हुने गर्छ । माओवादीलाई प्रहरीले गन्दैन पनि प्रहरीलाई नीतिगत रुपमा अगाडि बढाउने माओवादीले नै हो । माओवादीले कानुनी रुपमा प्रहरी चलाउँछ । तर उसले जस पाउँदैन । माओवादी नेताका लागि प्रहरीको आवश्यकता छैन भने झैं व्यवहार गरिन्छ । अहिले नेपाल प्रहरीका एआईजीहरू टेकप्रसाद राई, दिपक थापा, श्यामलाल ज्ञवाली, किरण बज्राचार्य रहेका छन् । यी चारै जना आइजीपी कुँवरका सारथी भएका छन् । सेवा प्रवेशमा ०५१ मा कुँवर ज्ञवाली र बज्राचार्यसँगै हुन भने ६ महिनापछि दिपक थापाको प्रवेश भएको हो । अवको प्रहरीमा एआईजी बन्न सन्दीप भण्डारी, मिरा चौधरी, टेकबहादुर तामाङ, सुदिप गिरीको दौडधूप सफल भएको छ । यो दौडमा पोषराज पोख्रेल, उमेश जोशी, दूर्गा सिंह, वुद्धिराज गुरुङ, भिम ढकाल पनि सँगै थिए । सहकुल थापा, उत्तम सुवेदी, दिवेश लोहनी आईजीपीसँगै बिदा भएका छन् । सन्दीप भण्डारी, मिरा चौधरी, टेकबहादुर तामाङ, सुदिप गिरी एआईजी हुने भएका छन् । तर प्रहरीमा प्रधानमन्त्री पुष्पकमल दाहालले गृह मन्त्रालय माओवादीलाई नै राखे भने पनि काँग्रेसी दवदवा चर्काउने अवस्था छ । प्रहरीलाई भातृ संगठन बनाउने राजस्व मार्ने धन्दामा काँग्रेस लाग्छ । अहिले पनि सीमाक्षेत्रबाट राजस्व कम आयो भन्ने सरकारले प्रहरीको आवश्यकता पूरा गरेको छैन् । राजस्व र सीमाको जिम्मा पाएको शसस्त्रले भौतिक पूर्वाधारका लागि राज्यबाट बजेट पाएको छैन् । निजामति कर्मचारी तडपिएर वस्छन । यो वाध्यता नया आईजीपी वशन्त कुँवर र शसस्त्रका आईजीपी राजु अर्यालले भोगेका छन् ।
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल