Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाण्डौ । सरकारले हालै बढुवा भएका ५ जना एआईजी मध्येका वशन्त कुंवरलाई आईजीपी वनाएर चार एआईजीको कार्यक्षेत्र तोकेको छ । उपत्यका प्रहरी प्रमुखमा श्याम ज्ञवाली तालिम केन्द्रमा टेक प्रसाद राई, केन्द्रीय अनुसन्धान व्युरोमा किरण वज्राचार्य र प्रशासनमा दिपक थापालाई खटाएको छ । यो पद स्थापनासँगै सिफारिस भएका चार एआईजीहरु सन्दीप भण्डारी सुदिप गिरी मिरा चौधरी टेक वहादुर तामाङको मन्त्री परिषदले अनुमोदन गर्नासाथ कार्य विभाग, मधेस प्रदेश विभाग, अपराध अनुसन्धान र आईजीपी सचिवालयमा पदस्थापना हुने निश्चित छ । यो टोलीमा भण्डारी पिडित हुन ।
प्रहरीलाई उसैको कानूनमा चल्न दिने हो भने अपराध आधा घट्छ । तर काँग्रेसले प्रहरीलाई थिलोथिलो पार्ने गरेका कारण शान्ती सुरक्षा फितलो हुनेहुँदा प्रधानमन्त्रीले यस पटक गृह आफैले राखेका हुन । अव गृहमा नारायणकाजी भएपछि प्रहरीलाई ठिकसंग चलाउछन भन्ने छ । श्रेष्ठ पहिला १४ दिन गृहमन्त्री वन्दाको समयमा प्रहरीलाई नीतिगत रुपमा सुधार गरेका अवस्था थियो । त्यसपछि पनि माओवादीवाट कृष्ण वहादुर महरा जर्नादन शर्मा गृहमन्त्री हुँदा नेपाल प्रहरी भित्र नेपाली काँग्रेस र नेकपा एमालेको हस्तक्षेप हुने गुटवन्दीलाई नियन्त्रण गर्न सफल भएका थिए ।
२०८१ मंसिर १४
ताजा नेपाल
२०८१ मंसिर १४
ताजा नेपाल
२०८१ मंसिर १४
ताजा नेपाल