Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

प्रियंकाको मायामा आर्यन

चलचित्र ‘हजार जुनीसम्म’ मा समावेश ‘सत्य सत्य’ बोलको गीत सार्वजनिक भएको छ । यो गीतमा आर्यन र प्रियंकालाई रोमान्टिक मुडमा देख्न सकिन्छ । प्रियंकालाई फिल्मको कुनै पनि कन्टेन्टमा सार्वजनिक नगरिएकोमा फिल्म रिलिज भएपछि मात्रै यो गीत प्रियंकालाई गीतमार्फत सार्वजनिक गरेको हो । गीतमा सुगम पोखरेलको संगीत सुन्न सकिन्छ भने मानस विक्रम थापाले शब्द सिर्जना गरेका हुन् । यस्तै गीतमा प्रविण पौडेलको संगीत छ । हलमा रिलिज भइरहेको यो फिल्मले दर्शकबाट औसत प्रतिक्रिया पाएको छ । फिल्मलाई विकास राज आचार्यले निर्देशन गरेका हुन् । आर्यन र प्रियंकाका अलावा, अखिलेश प्रधान, सलोन बस्नेत, स्वस्तिमा खड्का लगायतका कलाकारको शीर्ष भूमिका रहेको यो फिल्मको रिलिजअघि राम्रै चर्चामा थियो ।


सम्बन्धित समाचार

आज कहाँ कहाँ पर्छ पानी ?

२०८१ आश्विन १३

ताजा नेपाल