Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

प्रेम सागरको रगत नामक पत्रिकाको सामुहिक लोकार्पण

काठमाण्डौ –रगत र रक्ततत्वहरू आवश्यकतानुसार उपलब्ध हुन जति जरुरी छ,त्यो भन्दा बढी यसको यथोचित व्यवस्थापन गर्न अति आवश्यक छू भन्ने मूल नाराका १६औ राष्ट्रिय स्वयंसेवी रक्तदाता दिवस स्थानीय कामनपा वडा नं. २८ स्थित होटल हार्दिकको सभाकक्षमा एक समारोहकोे आयोजना गरि सम्पन्न भएको छ ।
नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथि सञ्चारकर्मी तथा गायिका कमला श्रेष्ठ रहनु भएको थियो । त्यसैगरी अतिथिहरूमा क्रमशः नेपाल रेडक्रस सोसाइटी स्वास्थ्य सेवा बिभागकी निर्देशक डा। मनिता राजकर्णिकार,थालिसिमिया सोसाइटीका अध्यक्ष दुर्गा प्रसाद पाठक,संगीत शाखा रेडियो नेपालका प्रमुख मनराजा नकर्मी,समाजका सल्लाहकार दिव्यमणि दीक्षित र माता भद्रकाली हुनुहुन्थ्यो ।
आफ्नो दुई हात र एउटा खुट्टा गमाएकी उक्त विशेष कार्यक्रमका प्रमुख अतिथि कमला श्रेष्ठज्यूले कार्यक्रमका सभापति एवं नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष तथा स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यद्वारा लेखिएको शब्दको गीत गाएर १६औ राष्ट्रिय स्वयंसेवी रक्तदाता दिवसको समुद्घाटान गर्नुभयो थियो । औपचारिक कार्यक्रम शुरू हुनु पूर्व रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो । उक्त रक्तदान कार्यक्रममा जम्मा ३४ जनाले रक्तदान गर्नुभएको थियो ।
साथै सो कार्यक्रममा प्रमुख अतिथि,अतिथि,आमन्त्रित महानुभावहरू र सभापति लगायतले एकसाथ हाम्रो रगत नामक पत्रिकाको सामुहिक लोकार्पण गर्नुभएको थियो । बिशेष समारोहमा रक्तदान गर्नु हुने स्वयंसेवी रक्तदाताहरूलाई प्रशंसापत्र पनि बितरण गर्नुभएको थियो । नेपाल स्वयंसेवी रक्तदाता समाजका आजीवन सदस्य रमेश प्रसाद पाण्डेद्वारा स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन डा। घनश्याम खतिवडाले गर्नुभएको थियोे ।