Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
जनकपुरधाम २२ वर्षीया राधिका कार्की प्रादेशिक अस्पताल जनकपुरको बर्न वार्डको १३५ नम्बर बेडमा आँखा चिम्लेर पल्टेकी थिइन्। दुवै हातखुट्टा, जाँघ, पेट र शरीरका गोप्य ठाउँमासमेत पट्टी बाँधिएकाले उनी राम्ररी कोल्टो फेर्न पनि सकिराखेकी थिइनन्।
१४ दिनसम्म बेवारीसे बनेकी राधिकालाई बर्न भाइलेन्स सरभाइभर नेपालकी शिया सहेली साहले औषधि उपचार र खानपानको बन्दोबस्त मिलाएकी हुन्। पछिल्लो १७ दिनदेखि अस्पतालमा लावारिस रहेर उपचार गराइरहेकी राधिकालाई यो अवस्थामा पुर्याउने उनका प्रेमी हुन्। प्रेममा परेर केटासँग घरबाट भागेकी राधिकाले लामो समय बाहिर बसेपछि केटाको घर परिवारलाई भेट्न र कानुनी रूपमा बिहे गर्न दबाब दिन थालेपछि उनलाई शरीरभरि करेन्ट लगाएर मरणासन्न बनाइएको पीडितले प्रहरीलाई बयान दिएकी छन्।
सिन्धुली जिल्लाको गोलान्चोर गाउँपालिका–२ का अम्बर कार्कीकी छोरी राधिकाको चिनजान करिब १८ महिना अगाडि धनुषा जिल्लाको महेन्द्रनगर निवासी अरुण साहसँग भएको थियो। ‘हामीले पहिलोपटक खुर्कोट बजारमा भेटेका थियौं,’ अस्पतालको शय्यामा निकै मधुरो स्वरले अन्नपूर्णकर्मीलाई राधिकाले आफ्नो कथाव्यथा सुनाइन्, ‘करिब एक वर्ष हामी दुईजना एकअर्काको सम्पर्कमै बस्यौं पछि घरबाट भागेर विवाह गर्ने योजना बनायौं र आठ महिना अगाडि जनकपुर भागेर आएँ।’
साहले राधिकालाई जनकपुर ल्याएर स्थानीय थापाचोकमा डेरा गरेर राखेको पीडितले सुनाइन्। ‘यहीँ डेरामा राखेको थियो। पहिले खान बस्न पैसा दिन्थ्यो पछि पैसा कम पर्न थालेर मलाई पनि यहीँको जानकी मेडिकल र सिटीपार्क होटलको क्यान्टिनमा काम लगाइदियो। महिनाको १० हजारजति मैले पनि कमाउँथे। घरको भाडा ३ हजार रुपैयाँ पनि मैले नै तिर्दै आएको थिएँ। बढिजसो मैसँग बस्थ्यो तर, पछि दुईरतीन दिनसम्म पनि कोठा नआउने गर्न थाल्यो। मैले पनि विवाह गर्नुपर्यो आफ्नो घर लग, कति दिन यसरी कोठामा राख्छौं भनेर जिद्दि गर्न थालेपछि झगडा हुन्थ्यो।’ राधिकाले मधुरो स्वरमा सुनाइन्, ‘घटना भएको दिन उ साँझ साढे सात बजेतिर कोठा आयो। कुराकानीकै क्रममा मैले फेरि घर लाने कुरा उठाए हुँदाहुँदै उ निकै रिसायो र बिजुलीको तार चुँडाएर मेरो खुट्टामा डाम्यो। निकै पीडा भएर म बेहोस जस्तै भएँ चिच्याउन पनि सकिन अनि पछि पूरै जिऊमा करेन्टले पोलिदियो।’ घटनापछि साह भने फरार भएका थिए।
‘हामीलाई छिमेकीले करेन्ट लागेर मान्छे ढलेको जानकारी फोनमार्फत गराएको थियो। प्रहरी पठाएर प्रहरीकै गाडीमा पीडितलाई उद्यार गरी अस्पतालमा भर्ना गराएका हौं,’ जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरिक्षक एवं प्रवक्ता प्रदीपबहादुर क्षेत्रीले भने, ‘उनको हात पनि जलेको र बल्ल मात्र बोलेर जाहेरी दिन सक्ने अवस्था आएको हुनाले अब वकिललाई लगेर जाहेरी दर्ता गराई कारबाही प्रक्रिया अगाडि बढाउने तयारीमा छौं। हामी उहाँलाई न्याय पक्कै पनि दिलाउँछौं
२०८३ जेष्ठ ७
ताजा नेपाल
२०८३ जेष्ठ ७
ताजा नेपाल
२०८३ जेष्ठ ७
ताजा नेपाल