Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

प्रेम सञ्जेलले दिए गौतम बुद्ध क्रिकेट रङ्गशालालाई एक लाख

काठमाडौं । भ्रष्टाचारविरोधी अभियन्ताका रुपमा समेत चिनिएका पूर्व उपसचिव प्रेम सञ्जेलले चितवनमा जनस्तरबाट निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण अभियानका लागि एक लाख १ रुपैयाँ आर्थिक सहयोग गरेका छन् । भ्रष्टाचारविरोधी अभियन्ताका रुपमा समेत चिनिएका सञ्जेल ४० वर्षसम्म सरकारी जागीर खाएर केही समयअघि अवकास पाएका थिए । प्रेमप्रसाद सञ्जेल र डा विनिता सञ्जेल फाउन्डेसनका तर्फबाट रङ्गशालालाई उक्त सहयोग प्राप्त भएको धुर्मुस सुन्तली फाउन्डेसनले जनाएको छ । ‘हामी बनाउँछौं हाम्रो रंगशाला’ अभियानका लागि गरेको सहयोगका निम्ति फाउन्डेसनले आभार प्रकट गरेको छ ।