Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

फरार प्रतिवादी पक्राउ

बर्दिया । पुनराबेदन अदालत नेपालगंज बाँकेको फैसलाले जबरजस्तीकरणी मुद्दामा १३ वर्ष कैद सजाय ठहर भई हालसम्म फरार रहेका प्रतिवादी गुलरीया नगरपालिका-७ बस्ने ३७ वर्षीय राजु लोधलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी खैरापुरबाट खटिएको प्रहरीले उनलाई गुलरीया नगरपालिका-७ मुर्तिया स्थित पटाउ गाउँबाट फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।