Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

फरिताको फेहरिस्त

सानै उमेरदेखि अभिनय तथा नृत्यमा रुचि राख्ने नवमोडल फरिता खड्का भविष्यमा चर्चितभन्दा पनि कुशल मोडल तथा नायिका बन्ने सोच लिएर यस क्षेत्रमा प्रवेश गरेको पनि तीन वर्ष बित्दैछ । मोडलिङ क्षेत्र आफैँमा एउटा राम्रो र सम्भावना बोकेको क्षेत्र हो, जहाँबाट एउटा कलाकारले राम्रो अवसर पाउने माध्यम हो । अभिनय र नृत्य विधामा राम्रा सम्भावना बोकेका कलाकारहरूले यसैको माध्यमबाट विभिन्न अवसरहरू पनि पाइरहेका हुन्छन् भने देश–विदेशको यात्रा गर्दै संसारमा चर्चित हुने अवसर पनि जुटाइरहेका हुन्छन् । पछिल्लो समयमा नयाँ पुस्ताका युवायुवतीहरू पनि यसै क्षेत्रमा धेरै आइरहेको पाइन्छ । धेरै सफल पनि भइरहेका छन् भने कोही क्षणिक अवधिपछि यो क्षेत्रबाट हराइरहेका पनि छन् । मोडलिङ क्षेत्रमा प्रसस्त सम्भावनाहरू रहेका छन् भने क्षमतावान् तथा कला भएकाहरूका लागि आफु चर्चित हुने राम्रो माध्यम पनि हो । वास्तवमा कलाकारतिमा एउटा रहर मात्र होइन, जहाँ गर्न सके नाम र दाम दुवै कमाउन सकिन्छ । त्यसैले पनि मोडलिङ वा कलाकारितालाई धेरैले आफ्नो रुचि र इच्छाको रूपमा लिने गरेको पाइन्छ । मोडलिङ क्षेत्रलाई व्यवसायिक रूपमा अगाडि बढाउने सोचका साथ सम्भावनासहित मोडलिङमा प्रवेश गरेकी नवमोडल फरिता खड्का उदयपुर, बेलका नपा– ९ की स्थायी बासिन्दा हुन् । विभिन्न ¥याम्प शो, स्टेज कार्यक्रमहरूमा आफ्नो कुशल अभिनय तथा नृत्य प्रस्तुत गर्दै आइरहेकी फरिता खड्का हालै मुहूर्त सम्पन्न चलचित्र ‘माया के होला’बाट ठूलो पर्दामा डेब्यु गर्दै छिन् । फरिता खड्काले दर्जनबढी म्युजिक भिडियोमा मोडलिङ गरिसकेकी छन् भने विभिन्न विद्यालयमा नृत्य प्रशिक्षकको रूपमा पनि कार्यरत छिन् ।


सम्बन्धित समाचार