Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

फाँसी अघिनै मृत्यु भएपनि मुशर्रफलाइर्श झुण्ड्याउन अदालतको आदेश

एजेन्सी । पाकिस्तानका पूर्व राष्ट्रपति जनरल परवेज मुशर्रफलाई देशद्रोहमा दोषी ठहर गर्दै विशेष अदालतले फाँसीको सजाय सुनाएको छ । फाँसीको सजायको पूर्ण फैसला सार्वजनिक भएको छ । इण्डियन एक्सप्रेसमा प्रकाशित एक समाचारका अनुसार उदालतको फैसलामा लेखिएको छ, यदि मुशर्रफको मृत्यु फाँसीको सजाय भन्दा पहिला भएपनि उनको शवलाई इस्लामावादको डी चोकमा तीन दिनसम्म झुण्ड्याउनु । फैसलामा भनिएको छ,‘अभियुक्तलाई हरेक एक अपराधमा दोषी पाइएको छ । त्यसैले उनलाई फाँसीमा अन्तिम श्वास सम्म झुन्ड्याइनेछ । हामी कानून प्रवर्तन एजेन्सिलाई यो निर्देशन दिन्छौं कि दोषी व्यक्तिलाई कानूनको तर्फबाट तय सजाय दिने काम पूरा होस् । यदी उनको यसअघि नै मृत्यु भए उनको शवलाई पाकिस्तानको राजधानी इस्लामाबादको डी चोकमा ल्याइयोस् र त्यहाँ तीन दिन सम्म झुण्ड्याइयोस् । विशेष अदालतको जुन बेञ्चले परवेज मुशर्रसको विरुद्ध फैसला सुनाएको छ त्यसको नेतृत्व पेशावर उच्च अदालतका मुख्य न्यायाधीश वकार अहमद सेठले गरेका थिए । ७६ वर्षीय मुशर्रफ यतिबेला दुबईमा रहेका छन् । उनको त्यहाँ स्वास्थोपचार भइरहेको छ ।