Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौँ । संसद विघटन गर्ने निर्णय गलत भन्दै सम्मानित सर्वोच्च अदाललते सरकारलाई १३ दिनभित्र संसद बोलाउन निर्देशन दिएपछि मन्त्रिपरिषद् बैठकले प्रतिनिधिसभाको बैठक आगामी फागुन २३ गतेलाई बोलाउन राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठक दिउँसो ४ बजे राख्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । यसअघि बसेको मन्त्रिपरिषद् बैठकमा छलफल भएपनि निर्णय भएको थिएन। आज बसेको मन्त्रिपरिषद् बैठकले औपचारिक रूपमा प्रतिनिधिसभा बैठक बोलाउन सिफारिस गरेको उनले बताए । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरेपछि सरकारले यसअघि यही फागुन २३ गते बैठक बोलाउन राष्ट्रपति समक्ष सिफारिस गरेको थियो।
२०८३ कार्तिक ९
ताजा नेपाल
२०८३ कार्तिक ९
ताजा नेपाल
२०८३ कार्तिक ६
ताजा नेपाल