Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाण्डौ । भारतीय डिजाईनमा क्षेत्रिय पार्टी चलाएका, गणतन्त्र संघियता र समावेशीताको एजेण्डा ल्याउने माओवादीको शक्ति क्षय गर्न खडा गरिएको एजेण्डा ल्याउने माओवादी दल जसपा फुट्ने निश्चित छ । भारतले आफ्ना दलालहरुको सत्तामा खेल्न नेपाली जनताका जनप्रतिनिधिले बनाएको संविधान घोषणा गर्न नहिन त्यही बेला खटाएको थियो । तत्कालीन प्रम शुशिल कोइरालाको राष्ट्रवादी सोच जनयुद्ध र आमुल परिवर्तनका प्राधिकार प्रचण्डको बीचमा समन्वय हुदैनथ्यो भने त्यो सम्भव थिएन ।
संविधान जारी गर्न केपि ओलीले जति सुकै फुर्ति लगाए पनि शुशिल पछि आँफू प्रधानमन्त्री हुने ग्यारेण्टी नभएसम्म एमालेको साथ दिलाउने लक्षण देखाएका थिएनन् । प्रचण्डले संविधान जारी गरौ शुरुको एक वर्ष प्रधान मन्त्री बन्न माओवादीको साथ रहन्छ त्यसपछि एक वर्ष माओवादीलाई प्रधानमन्त्री दिनु पर्छ भनेकै कारण केपिले संविधान जारी गर्न सहमत भएको संसारलाई थाहा छ । ओलीले पदका लागि कसैसँग सम्झौता गर्दिन भने पनि व्यवहार त उनको अहिले पनि दलगत विभाजनमा जोड छ । आँफूले गरेका हरेक अवैधानिक निर्णयलाई कानून सम्वत र विधि सम्वत ठान्ने प्रम ओलीको सत्ता टिकाउन भारतीय सत्ता लाग्छ भन्ने कुरा मधेसी घटकबाट महन्त ठाकुर, राजेन्द्र महत्तोलाई फुटाउन गरिएको तयारीले झल्काउँछ । त्यो विभाजनमा पार्टी केन्द्रीय समिति र संसदीय दलको विभाजन प्रतिशतमा संङ्ख्या घटाईने छ ।
४० प्रतिशतको ठाँउमा ३० प्रतिशत राख्ने दाउमा प्रधानमन्त्री छन् । यो निर्णयले तत्काल मधेसीलाई डाम्छ । त्यस पछिका दिनमा एमालेमा ओलीलाई डाम्ने कुरा निश्चित छ । स्वार्थका लागि ओली सम्झौता जस्तो पनि गर्छन् । व्यवहार सम्झौतामा तोकिए जस्तो गर्दैनन् । माओवादीलाई ओलीले पहिले पनि धोका दिएकै छन् । जसपाले ओलीको बेइमानी बुझेर बुझ पचाएको छ । धोका ठाकुरको टोलीले पाउछ समय कुर्न पर्छ ।
२०८१ पुष २६
ताजा नेपाल
२०८१ पुष २६
ताजा नेपाल
२०८१ पुष २६
ताजा नेपाल