Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

फेसबुकमा अफवाह फैलाउँदा खोर

ईलाम । फेसबुक मार्फत अफवाह फैलाएको अभियोगमा फाकफोकथुम गाउँपालिका(७ बस्ने २४ वर्षीय सन्दिप योङ्हाङ लिम्बुलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
सन्दिपले “ईलामको बिब्ल्याटेमा एक जनामा कोरोना सङ्क्रमण भेटियो” भनी फेसबुकमार्फत भ्रामक अफवाह फैलाएको पाइएपश्चात जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार