Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

बजेटको केही बुँदा अर्थमन्त्रीले पढ्नै छुटाए

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले संसदमा बजेट पढ्ने क्रममा केही बुँदा पढ्नै छुटाएका छन् । उनले शिक्षाको बजेटका केही बुँदा संसदमा पढेका थिएनन् ।
सोमबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री डा. महतले केही बुँदा छुटेको स्वीकार गरे । ‘पढ्न छुटाएको सत्य हो । टाँसिएर अर्को पेजमा पुगेको छ’, बढानीलकण्ठ जस्ता स्कुल सातै प्रदेशमा लैजानेबारे अध्ययन गर्ने लगायतका बुँदा छुटेको भन्दै उनले हाँस्दै भने, ‘तर त्यो रेकर्डमा छँदैछ ।’