Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

बजेट माथिको प्रश्नमा डाक्टर महतले प्रष्ट पार्ने

काठमाडौं। आर्थिक बर्ष २०८०–८१ का लागि सरकारले प्रस्तुत गरेको बजेटमा सांसदहरुले बोल्ने क्रम सकिएको छ। जेष्ठ १५ गते सार्वजनिक भएको बजेटमाथि आज अर्थमन्त्री डाक्टर प्रकाश शरण महतले जवाफ दिने कार्यक्रम रहेको छ। जेष्ठ १५ गते सार्वजनिक गरिएको बजेटमाथि जेष्ठ २१ गतेदेखि प्रतिनिधि सभाको बैठकमा छलफल सुरु भएको थियो। करिब एक हप्तासम्म भएको छलफलमा भाग लिने सांसदहरुको धारणा मिश्रित आएको छ। केही सांसदहरुले समय अनुसार बजेट उपयुक्त आकार र प्राथमिकतासहित आएको प्रतिकृया दिएका छन्। कतिपय सांसदहरुले एउटै बिषय नीति तथा कार्यक्रममा एक किसिमले आएको र बजेटमा अर्कै किसिमले आएको बताएका छन्। सांसदहरुले सबै निर्वाचन क्षेत्र र जिल्लामा समानुपातिक प्रणालीबाट बजेट विनियोजन नभएको भन्दै आपत्ति जनाएका छन्। पहुँचवाला नेता र मन्त्री भएको क्षेत्रमा विकास बजेट बढी छुट्याएको आरोप केही सांसदहरुको छ। त्यस्तै प्रतिपक्षी दलका सांसदहरुलेबजेटले मुलुकमा विद्यमान अर्थतन्त्रका समस्या र चुनौती ठिक ढंगले पहिचान गरेर समाधानका उपायहरू अघि सार्न नसकेको, राजश्व संकलन लक्ष्य अविश्वसनीय रहेको बताएका छन। केही सांसदहरुले बजेट कार्यान्वयनमा देखिएका चुनौतीको सामना गरेर अघि बढ्न सुझाब दिएका छन्। गुणस्तरीय शिक्षा, सहरमा ठूला विद्यालय स्थापना, सहरी व्यवस्थापन, समावेशी सहभागीता र पछाडी पारिएका जनसमुदायको उत्थानमा बजेटलाइ लगाउनुपर्ने बताएका छन्। त्यस्तै सांसदहरुले कर प्रणालीलाइ सही तरिकाले लागु गर्न र विनियोजित कार्यक्रम निर्वाचन क्षेत्रका आधारमा सन्तुलिन गराउन समेत सुझाब दिएका छन्। वर्षेनी आउने कर हेरफेरको विवादलाइ दीर्घकालिन रुपमा अन्त्य गर्नका लागि बोर्ड बनाउन समेत सांसदहरुले सुझाब दिएका छन्। सरकारले आगामी बर्षको लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैँयाको बजेट सार्वजनिक गरेको छ। सरकारले चालु खर्चमा ११ खर्ब ४१ अर्ब ७८ करोड अर्थात ६५ दशमलब २० प्रतिशत र पुजीगत ३ खर्ब २ अर्व ७ करोड १७ दशमलब २५ प्रतिशत रकम विनियोजन गरेको छ। सार्वजनिक गरिएको बजेटमाथि उठेको प्रश्न बारे आज अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले जबाफ दिने कार्यक्रम रहेको छ ।