Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

बदनामीको पराकाष्टमा सेना

काठमाडौं । व्यवसायी र पेशाकर्मी इमान्दार भएको परिणाम राज्य सञ्चालकहरूलाई हुँदैन । दानवीय स्वभावको लुटाहा संस्कृतिले देश भयग्रस्त बन्दैछ । सत्तारुढ नेतृत्वमा बढेको लुटाहा स्वाभावले जनता दिक्क भएका छन् । सरकारलाई राज्यको राजश्व सक्न पाए पुगेको छ । खर्चको परिणामबारेमा चासो छैन । ओम्नी समूहले २१ हजार डलरका दरले पाँच मेशीन ल्यायो । १ लाख ५ हजार डलर राज्यकोषको खर्च गरेर भिœयाएका मेशिन कामै नगरी बिग्रेका छन् । चीनले सहयोग गरेको २८ हजार किट पनि थन्किएका छन् ।

यो जान्दाजान्दै सरकारले ‘सेना मार्फत्’ ल्याएको रु ६ करोड खर्च भएको किट पनि आरडिटी, पिसिआर प्रयोगशालामा मिल्दैन यो कस्तो सरकार हो ? कस्ता मन्त्री छन्, कस्ता डाक्टर छन् देशमा ? देशमा कोरोना महामारी चर्केको छ । क्वारेन्टाइनमा पिसिआर किटको अभाव छ । ओम्नी समूहकै पथमा सेना चलेको छ । सरकारले आवश्यक औषधि खरिदमा यस्ता गल्ती धेरै ग¥यो, अपराध पनि गरेको छ । जनता मरेको छ । राज्य संवेदनशील भएन । अहंकारको उपलब्धी देशको राज्यकोष सक्ने फल नदेखिने हुन्छ । अहिले भएको त्यही हो । किनकि कोरोनाका नाममा भएको खर्चमा देखिएको मनपरीको छानविन हुँदैन । ओली सरकार देश बनाउन होइन भत्काउने बाटोमा छ । सेनाले समेत भ्रष्टाचारमा कमायो ढाकछोप गरेर छोपिँदैन खण्डनले अर्थ राख्दैन ।

देखाइहाल्यो नि सेनाले खुवि ?
देश रक्षा गर्ने, सीमाको सुरक्षा गर्ने भनिएको राष्ट्रको चिनारी नेपाली सेना दरबार हत्याकाण्डमा नांगियो, पञ्चायतकाल र बहुदल कालमा राजाकै रक्षक थियो त्यो । कम्युनिष्ट शासनको लाल भ्रष्टाचारले चुर्लुम्म भयो । विश्वका कुनै देशको सेनाले व्यापार गर्दैन । बरु आफ्नो कोषको रकम राष्ट्र निर्माण गर्न सरकारलाई ऋण दिन्छ । तर नेपालको सेना दरबारको आडमा राजनीति गर्छ । व्यापार गर्छ । गरिबका छोरालाई शोषण गर्छ । सेनाले अस्पताल बनाउनु राम्रो हो तर भूमाफियाको काम गर्दा आफ्नै गरिमा र प्रतिष्ठा बिर्सनु राम्रो होइन । त्यो सेना संकटकालमा राजनीति मुद्दा दबाउन जनता मार्दै छोरी चेलीको इज्जत लुटेकै हो धनसम्पत्ति लुटिएका गरगहना खोसिएका, छोराछोरी मारिएको परिवारले अहिलेको व्यापारी सेनालाई राष्ट्रिय सेना कसरी भन्छ ? त्यस्ता विषयमा नेतृत्वले सोचेकै छैन । आन्तरिक भ्रष्टाचार नियन्त्रण प्रयास गर्र्नैपर्छ । सेनाको नेतृत्व फेरियो, चरित्र फेरिएन । रक्षा मन्त्रालयले विवादित सेनालाई देश र जनताको प्रेमी बनाउनै सकेन । जहाँ घुसखोरीले ठाउँ पाउँछ, त्यहाँ संस्थागत बदनामी बढी छ ।

कम्युनिष्ट पार्टीले सरकारको नेतृत्व लिँदा समय, परिस्थिति र अवसरलाई ठिक ठाउँबाट सोचेको भए औषधि खदिरमा सेना विवादमा पर्ने थिएन । देशमा तिन सेन्टिमिटरको पिसिआर किट परीक्षण मेसिन छन् भन्ने सेनालाई थाहा थिएन ? उसले किन १ सेमीको किट ल्यायो ? कोरोनाले जनता आतंकित छन् । क्वारेन्टाइनमा पिसिआर परीक्षण पर्खेर बसेको ठूलो जमात छ । सेनाले ल्याएको पिसिआर किट परीक्षण गर्ने मेसिन छैन । यो लापरबाहीको जिम्मा कसले लिन्छ ? तातोपानी र बेसारपानीले कोरोना भाग्छ भने रु १० अर्ब खर्च किन गरेको ? बदनाम सेनाको हुने पैसा यिनले खाने ? नेकपाको बहुमत यस्तै हावादारी प्रचार गर्न आएको हो ? यस्तो चरित्रले पार्टीको अस्तित्व कहाँ पुग्छ ? ठूल्ठूला भ्रष्टाचारको छानविन रिपोर्ट प्रधानमन्त्रीले दबाएका छन् । तर भ्रष्टाचार भएकै छैन भन्छन् । त्यही सामान स्वास्थ्य सेवा विभागको एउटा मूल्य, सेनाको अर्को मूल्य कसरी भयो ? शुद्धताभित्र यस्तै हुन्छ ? जनताको चित्त बुझ्ने र पत्याउने काम गरिदिए सरकार आलोचना हुनबाट बच्थ्यो । सरकारको टिकाटिप्पणी गर्ने बाटो नराखे विरोध हुँदैन । देशमा संकट छ, आर्थिक संकट हटाउन पिसिआर किट मिल्दो पिसिआर मेसिन ल्याउने कि औषधि जमिनमा दबाउने ? गल्ती गरेपछि विरोध हुन्छ, सहन सक्नुपर्छ ।