Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

बलबहादुरको ज्यादतीको विरोध

सोलु । बलबहादुर केसीले मन्त्री र सांसद हुँदा अनेक अनियमित कार्य गरेर दुई अरबभन्दा धेरै बढी सम्पत्ति आर्जन गरेका छन् । पदमा हुँदा उनले के मात्र गर्न बाँकी राखे ? सोलुखुम्बु जिल्लालाई धेरै जिल्लाबासीहरुले खास गरी काँग्रेसीहरूले सहिदको जिल्ला भन्ने गर्छन् । २०३१ सालको सशस्त्र विद्रोहमा सोलुको टिम्बुरबोटेको ओडारमा मात्र दुई दर्जनभन्दा बढीलाई मारियो ।

अरू धेरैलार्ई गोली हानेर हत्या गरियो । यसरी धेरैले ज्यान गुमाएको ठाउँ सोलुखुम्बुको टिम्बुरबोटेमा मारिएका सहिदहरूको नाउँमा सहिद स्मारक बनाउने भनी करोडौँ रूपैयाँ विभिन्न मन्त्रालयबाट बलबहादुरले लिए । तर उनले त्यहाँ कुनै काम नगरी त्यो करोडौँ रूपैयाँ देखादेखी भ्रष्टाचार गरे । गत २०७२ साल वैशाखको महाभूकम्पमा धेरै मानिसले ज्यान गुमाएको र ठूलो क्षति भएको जिल्लामध्येको एक क्षतिग्रस्त जिल्ला सोलुखुम्बु पनि हो । यो भन्दा कम क्षति भएका अरू जिल्लाहरूलाई भूकम्प क्षतिग्रस्त जिल्लाको श्रेणीमा राखियो ।

तर सोलुखुम्बुलाई भूकम्पबाट क्षतिग्रस्त जिल्लाको सूचीमा राखियो भने त्यहाँ टुरिष्टहरूको आगमन कम हुन जान्छ र व्यापार व्यवसाय भनेजस्तो हुँदैन भन्ने केही टे«किङ व्यवसायी र अरू केही व्यापारीहरूबाट बलबहादुरले ठूलो रकम लिएर सोलुखुम्बुलाई भूकम्प क्षतिग्रस्त जिल्लाको सूचीमा राख्न दिएनन् । यसबाट सोलुखुम्बु जिल्लाका सम्पूर्ण बासिन्दाले ठूलो कठिनाइ सहनुप¥यो । यीसमेत अरू अनेक ठूला–ठूला भ्रष्टाचार गरी बलबहादुरले आर्जन गरेका घरहरू र जग्गासमेतको सबैले देखेको सम्पत्ति मात्र दुई अरबभन्दा पनि धेरै बढी छ । अरूले सीधा देख्न नसकेको नगद र गहना तथा अरू थप जमिनहरूको लेखाजोखा नै छैन ।

सोलुखुम्बु जिल्लाका सहिदको नामबाट भ्रष्टाचार गरेको प्रत्यक्ष देख्ने र भूकम्पले त्यति ठूलो क्षति पु¥याउँदा पनि भ्रष्टाचार गरी सोलुखुम्बु जिल्लालाई भूकम्पबाट क्षतिग्रस्त जिल्लाको सूचीबाट हटाइदिने बलबहादुरबाट पीडितहरूको समेत प्रतिनिधित्व गर्दै सोलुका जनताले बलबहादुरले भ्रष्टाचार गरी अकुत सम्पत्ति आर्जन गरेकोमा त्यसको भेटेसम्मको सम्पत्तिसमेतको सबुत प्रमाणसहित भ्रष्टाचारमा कारबाही गरिपाउँ भनी अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरी दिएका छन् । देखादेखी यसरी भ्रष्टाचार गरी अकुत सम्पत्ति आर्जन गर्नेमाथि करबाही गर्न अख्तियारबाट विलम्ब नहोस् भन्ने सोलुखुम्बु जिल्लाबासीको माग छ ।

सोलुखुम्बु जिल्लाको सोलु खोलामा निर्माण भइरहेका चार आयोजनामध्ये प्रयः सबैको ६० प्रतिशतभन्दा बढी काम सकिएको छ । ती आयोजनाहरूले आफ्नो ठाउँका जनतालाई दिनुपर्ने सेयरको ठूलो भाग बलबहादुर र उनका मानिसलाई मात्र दिएकाले दूधकुण्ड नगरपालिका वडा नं. ११ तिङ्लालगायत अरू धेरै वडाका जनताले यसको विरोध गर्दै आएका थिए । यही माघ ४ गते प्रसारण लाइन सङ्घीय सांसद हेमकुमार राईबाट उद्घाटन हुन लाग्दा जलविद्युत्को सुविधा पहिले स्थानीय जनताले पाउनुपर्छ भन्दै त्यसको र बलबहादुरले एकलौटी सेयर लिएकोमा समेत स्थानीय जनताले विरोध गरेका थिए । विरोधमा संलग्न ठूलो सङ्ख्या जनता झडपमा समेत उत्रिएका थिए । उनीहरूले एक दर्जनजति मोटरसाइकल र एउटा बलेरो जिपसमेत तोडफोड गरेका थिए ।

दूधकुण्ड नगरपालिकाको वडा नं. ११ मा पर्ने तिङ्लाबासीले बलबहादुरलाई त्यहाँबाट धेरै पटक लखेटेका थिए । बलबहादुरकै ज्यादतीले गर्दा तिङ्लाबासी सम्पूर्ण जनताले विगतको चुनावमा तीनवटै निकायमा विरोध गर्दै सबै चुनाव बहिष्कार गरेका थिए ।