Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

बलिउड, स्टार कलाकार रोजगारी भिसामा काम गर्छन्

बलिउड उद्योगमा यस्ता धेरै स्टार छन् जसले आफ्नो जीवनमा धेरै हिट फिल्म दिएका छन् । उनीहरू बेला बेलामा भारतीय नागरिकता नभएका कारण पनि विवादमा आउने गरेका छन् । जब यी भारतीय स्टार कलाकारलाई भारत सरकारले उत्कृष्ट कलाकारका रूपमा राष्ट्रिय पुरस्कार प्रदान गर्छ ।

त्यति बेला उनीहरू भारतीय नभएको भन्दै पुरस्कारको विरोध हुने गरेको छ । यी कलाकारको नागरिकता’bout बेला बेलामा बलिउडमा विवाद उठ्ने गरेको छ । तथापि, उनीहरूले विदेशी नागरिकता त्यागेर भारतीय नागरिकता लिएका छैनन् । उनीहरू पासपोर्टमा अतिथिका रूपमा भिसा लगाएर भारतमा बस्दै फिल्ममा काम गरिरहेका छन् । भारतीय नागरिकता नभएर पनि बलिउड उद्योगमा जमेका सेलिब्रेटीमा अक्षय कुमार पनि एक हुन् ।

यो कुरा सायदै कमैलाई थाहा होला कि बलिउड अभिनेता अक्षय कुमारदेखि अभिनेत्री आलिया भट्टसम्मले भारतीय नागरिकता लिएका छैनन् । तर, पनि उनीहरू भारतीय भएर बलिउडमा छाएका छन् ।

अक्षय कुमारले हिन्दी सिनेमामा धेरै हिट फिल्महरू दिएका छन् र यति मात्र होइन, उनले धेरै देशभक्ति फिल्म पनि गरेका छन् । तर, जहिले पनि अक्षय कुमारको कुरा आउँछ, उनको भारतीय नागरिकतामा प्रश्न उठ्ने गर्छ । वास्तवमा लामो सयमदेखि क्यानाडा बसेका अक्षय कुमारले भारत छोडेर क्यानाडाको नागरिकता लिएका थिए । अब कानुनअनुसार अभिनेतालाई न त भारतको नागरिक मानिन्छ न त उनलाई यहाँ भोट गर्ने अधिकार छ । उनी पर्यटकका रूपमा भारतमा बसेर बलिउड फिल्ममा काम गर्दै छन् ।

यस्तै, आलिया भट्टले छोटो समयमै बलिउडमा राम्रो स्थान कमाएकी छन् । तर, उनकी आमा सोनी राजदान मूलरूपमा बेलायतकी हुन् । जसका कारण आलिया भट्टलाई इंग्ल्यान्डको नागरिक पनि मानिन्छ । किनकि आलिया भट्ट र उनकी आमा सोनीसँग इंग्ल्यान्डको नागरिकता छ । आलियासँग भारतीय नागरिकता छैन । उनीसँग बेलायतकै नागरिकता र पासपोर्ट छ । उनी भारतमा पर्यटकका रूपमा बस्ने गरेकी छन् । उनले बलिउडमा काम गर्न रोजगार भिसा लिएकी छन् । किनकि उनले बेलायतको नागरिकता त्यागेकी छैनन् ।

कट्रिना कैफलाई बलिउडकी सफल अभिनेत्री मानिन्छ । तर, उनीसँग भारतीय नागरिकता छैन । हङकङमा जन्मेकी उनी बेलायती नागरिक हुन् । उनले भारतीय नागरिकता लिएकी छैनन् । यी अभिनेत्रीले भारतमा रोजगार भिसामा बस्न अनुमति पाएकी छन् ।

अभिनेता इमरान खानले बलिउडमा धेरै हिट फिल्म दिएका छन् । उनलाई आमिर खानको भतिजा भनेर पनि चिनिन्छ । उनीसँग भारतको नागरिकता पनि छैन । उनले पनि युरोपियन मुलुकको नागरिकता लिएका छन् । तर, २०१४ मा उनले भारत सरकारसँग आफूलाई भारतीय नागरिक बनाउन आग्रह गर्दा सरकारले भारतीय अभिनेताको यो अपील स्वीकार गरेन । त्यसपछिबाट उनले रोजगारी भिसामै भारतमा फिल्म खेल्दै आएका छन् ।

बलिउडमा रोजगारी भिसामै फिल्म खेल्दै आएकी अर्की अभिनेत्री ज्याकलिन फर्नान्डिस हुन् । उनी श्रीलंकाको नागरिक हुन् । उनी आजकाल बलिउडमा निकै लोकप्रिय छिन् । ज्याकलिनका बुबा श्रीलंका र आमा मलेसियाकी हुन् । ज्याकलिन सन् २०१६ मा मिस युनिभर्सका लागि श्रीलंकाको प्रतिनिधित्व गर्दै थिइन् । त्यसपछि बलिउड छिरेकी उनले रोजगारी भिसा लिएर पर्यटकका रूपमा काम गर्दै आएकी छन् ।

यस्तै, अभिनेत्री दीपिका पादुकोण आजकाल बलिउडमा निकै व्यस्त छिन् । रणवीर सिंहसँग विवाह गरेपछि झनै चर्चामा आएकी छिन् तर उनीसँग पनि भारतीय नागरिकता छैन । दीपिकाको जन्म डेनमार्कमा भएको थियो र त्यसपछि उनले सोही देशको नागरिकता लिइन् ।

तपाइको प्रतिक्रिया

सम्बन्धित समाचार

सुनको मूल्य घट्यो

२०८१ फाल्गुन २७

ताजा नेपाल

ओलीले बोकेर चम्किएको राप्रपा

२०८१ फाल्गुन २७

ताजा नेपाल

आफ्नै पर्दा गृहमा थन्किए फाइल

२०८१ फाल्गुन २७

ताजा नेपाल