Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

बागमतीको मुख्यमन्त्री बन्दै जम्मरकट्टेल

काठमाडौं । बागमती प्रदेशले आज नयाँ मुख्यमन्त्री पाउने भएको छ। आज साँझसम्म प्रदेश प्रमुखले खिएको समयसीमाभित्र माओवादी केन्द्रका संसदीय दलका नेता शालिकराम जम्मरकट्टेलले मुख्यमन्त्रीमा दाबी गर्दै छन्। उनी नेकपा एमाले, नेकपा माओबादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरुको समर्थनमा मुख्यमन्त्री बन्न लागेका हुन्। बागमती प्रदेश प्रमुख यादव चन्द्र शर्माले सरकारको नेतृत्वमा दाबी पेश गर्न आह्वान गरेको आज अन्तिम दिनमा सत्ता साझेदार दलहरुका बीचमा सहमती जुटेसंगै आज यस प्रदेशले चौथो मुख्यमन्त्रीका रुपमा जमकट्टेललाई पाउने छ। १ सय १० सदस्यीय प्रदेशसभामा सरकार बनाउन ५६ सिट आवश्यक पर्छ। बागमतीमा गठबन्धनका तीन दल नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राप्रपाको गरी ६१ सिट छ। सरकारमा गठबन्धनका तीनवटै दलले दाबी गरेका थिए। गठबन्धनमा भएको सहमतिअनुसार बागमतीको सभामुख राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र उपसभामुख एमाले पाएको छ। बागमतीमा यसअघि एमालेबाट डोरमणि पौडेल, अष्टलक्ष्मी शाक्य र नेकपा एकीकृत समाजवादीका राजेन्द्र पाण्डे मुख्यमन्त्री बनेका थिए। नेकपा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलका नेता जमकट्टेल अब चौथो मुख्यमन्त्री बन्ने भएका हुन्। यस प्रदेशमा नेकपा एमाले र माओबादीले आलोपालो मुख्यमन्त्री पाउने भएपछी पहिलो चरणमा भने माओबादीले यसको नेतृत्व गर्ने सहमती भएको छ।
२०३० साल भदौमा साविकको किराञ्चोक गाविस वडा नम्बर ९ मा जन्मिएका जम्मकट्टेल हाल माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य एवम् धादिङ जिल्ला इन्चार्ज समेत हुन्। २०४४ सालमा अखिल छैटौंमा आबद्ध भएर उनले विद्यार्थी राजनीति शुरु गरेका थिए। २०४८ बाट उनी मजदुर संगठनमा लागेका थिए। औद्योगिक मजदुर संगठनको ललितपुर जिल्ला कमिटी सदस्य हुँदै केन्द्रीय कोषाध्यक्ष भएका उनी २०५२ सालमा माओवादी युद्धमा होमिएका थिए। त्यसयता माओवादीमा निरन्तर क्रियाशील उनी २०६० सालबाट एक दशकभन्दा बढी समय माओवादी निकट अखिल नेपाल ट्रेड युनियन महासंघको अध्यक्ष भएर काम गरे। बीए, बीएल सम्मको अध्ययन गरेका जम्मकट्टेलले मजदुर संगठनको नेतृत्वमा आएपछि राजनीतिक उचाइमा पुगेका हुन्। २०६३ मा पुनःस्थापित संसद्को अन्तरिम विधायिका थिए। २०६४ मा भएको पहिलो संविधानसभा निर्वाचनमा धादिङ क्षेत्र नंम्बर– ३ बाट एमालेका प्रभावशाली नेता राजेन्द्र पाण्डेलाई हराएर थप चर्चामा आएका उनी २०७० मा भएको संविधानसभाको दोस्रो निर्वाचनमा भने पाण्डेसँगै पराजित हुन परेको थियो।