Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

बागलुङमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

ढोरपाटन । गलकोट नगरपालिका २ भुङ्खानीमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। दुर्घटनामा अर्को एक जना घाइते भएका छन्। दुर्घटनामा दुई महिला र एक पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रताप पौडेलले जानकारी दिए। पौडेलका अनुसार गलकोटतर्फ गइरहेको जीप शुक्रबार बिहान दुर्घटना भएको हो। दुर्घटनामा घाइते भएका र ज्यान गुमाएकाको परिचय खुल्न सकेको छैन। दुर्घटनामा एक पुरुष घाइते भएका छन्। घाइतेलाई उद्धार गरी बागलुङ अस्पताल पठाइएको छ। प्रहरी घटनास्थलमा पुगेर उद्धारमा जुटेको छ।