Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा बाढी प्रभावित क्षेत्रको वास्तविक अवस्था बुझ्न र पीडितसँग प्रत्यक्ष संवाद गर्न आज (आइतबार) विज्ञ टोलीसहित भोटेकोशी जाने भएका छन्।
बाढीपछिको पुनर्निर्माणको अवस्था, राहत वितरणको प्रभावकारिता तथा स्थानीय बासिन्दाले भोगिरहेका तत्कालीन र दीर्घकालीन समस्याबारे स्थलगत अध्ययन गर्न थापा प्रभावित क्षेत्रमा जान लागेका हुन्।
यसअघि पनि बाढी प्रभावित क्षेत्रको भ्रमण गरी पीडितका समस्या र गुनासा सुनेका थापाले यसपटक प्राविधिक तथा विषयगत विज्ञहरूलाई समेत टोलीमा समावेश गरेका छन्।
भ्रमणका क्रममा विज्ञ टोलीले बाढीबाट भएको भौतिक क्षति, नदी कटानको जोखिम, जोखिमयुक्त बस्ती स्थानान्तरणको आवश्यकता तथा दिगो पुनर्निर्माणका सम्भावित उपायबारे अध्ययन गर्नेछ।
स्थलगत अवलोकनसँगै सभापति थापाले स्थानीय बासिन्दा, जनप्रतिनिधि तथा सम्बन्धित सरोकारवालासँग प्रत्यक्ष छलफल गर्ने कार्यक्रम छ। छलफलका क्रममा पीडितका समस्या, आवश्यकता र पुनर्निर्माणसम्बन्धी सुझाव संकलन गरिने जनाइएको छ।
स्थानीयको सुझाव र विज्ञ टोलीको प्राविधिक अध्ययनबाट प्राप्त निष्कर्षका आधारमा बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा दीर्घकालीन समाधानका लागि सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराउने योजना रहेको छ।
२०८३ मंसिर ७
ताजा नेपाल
२०८३ मंसिर ७
ताजा नेपाल
२०८३ मंसिर ७
ताजा नेपाल