Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

बामदेव कौवाको बथानका परेवा भए

पाँच वर्ष सम्म जनताको जनमतलाई कदर गर्न सकेको भए नेकपाका नेता बामदेव गौतमको आलोचना हुने थिएन । राष्ट्रिय सभालाई हरूवाहरूको थलो बनाउन नेताहरू सफल हुदा उनीहरू समेत बदनाम भए । ओली पक्षले सकेसम्म आफ्नै टिमलाई सरकारी पद भिराएको समयमा बामदेव र प्रचण्डका विरुद्ध चालिएका कदम प्रति जनमत मौन बस्ने थिएन । कार्यकारी अध्यक्षका लागी २ वर्ष आठ महिना संघर्ष गर्न पर्ने वाध्यता पनि देखियो । सैदान्तीक रुपमा नेकपाले बहस चलाएको छैन । सरकार पनि नेकपाको हो भन्ने संकेत कतै देखिदैन । कमाउनकै लागी सत्ता प्राप्त भएको संकेत मिलेको छ । भ्रष्ट्रचारले सिमा नाग्दा राज्यकोषबाट झलनाथले सर्पदम्स कारखाना खोल्न ९२ करोड लगेपछि उनको निष्ठा पनि देखियो । प्रचण्डलाई गुट बादी र परिवार वादी त्यसै भनिएको होइन । प्रधानमन्त्री ओलीले गुट र नाताबादमा यो अवधि विताए । यही बेला पाटीको बदनाम हुनसम्म भयो । अब नेकपाको निती र कार्यक्रमले जनता आर्कषण गर्ने बाटो रहेन ।
एक कार्यकाल टिक्न नसक्ने बामदेवहरूका विचार र सिद्धान्तले अब गतिलो आधार पाउन कठीन छ । किनकी हरूवाहरूको थलोमा कौवालाई हुलेर परेवाको रुप दिन सकिदैन । कार्यकर्ताहरू निष्ठा र इमान्दार भएर मात्र पुग्दैन ।नेता बदनाम भयो भने पाटीको समेत प्रतिष्ठा रहदैन । सुझाव दिन अहंकारमा रमाएको भ्रष्टचारले पुष्टिएको अहिलेको नेतृव्वलाई अर्थ छैन । मन्त्रीहरूले गुटका भरमा काम गरे मन्त्रीका नेता प्रधानमन्त्री नै गुट भन्दा बाहिर गएनन् । काग्रेस पन्च मदेसवादीको राजनिती हैसीएत बुझेरनै जनताले नेकपालाई ठुलो पाटी बनायो । त्यसको महत्व नेतृव्वले बुझेन । दलाली विचौलीया र कमीसन र एजेन्ट नै नेकपाका नेताहरूको गोत्रीय बंश परे । त्यही कारण पुराना कार्यकर्ताहरूलाई नोकर बनाउन एमाले र माओवादी सफल भए । चरीत्र नेताहरूको राम्रो भएन । मदेशका उपेन्द्र महन्त राजेन्द्रहरूको भिडमा प्रवेश गरेका बाबुरामहरूले निष्ठाको राजनिती टिकाउने अवस्थै रहेन । देशले चिनेको विश्वले मानेको जनताको प्रिय भएर पनि डाक्टर भट्टराईले अगालेको बाटो मदेश र जनजातीका निमीत्त सहज भएपनि आम रुपमा स्विकार्य हन सक्ने अवस्था छैन । बदनाम नेताले नजान्दा भएको हो जनतालाई दोश छैन । आफ्ना निमीत्त लड्ने अरुको मर्यादा नराख्ने चरित्रहरू त्यही छन् । जसको नेतृव्व प्रधानमन्त्री ओलीले गरी रहेका छन् । प्रतिष्ठाको ख्याल नगरी तलाउमा पस्दा जस्तो भयाबह हन्छ । त्यही हालत बामदेवहरूलाई बनाइयो मन्त्रीनै बन्नको निमीत्त जनताले नपत्याए पनि ओलीले पत्याएपछि उफीनको अर्थ थिएन नेपालको अदालत भष्ट्रचारीहरूको बचाउ थलो भएको बेला बामदेवलाई छेक्न सके आफ्नो उपप्रमपद बच्ने भएपछि इश्वरहरूले चलखेल किन नगरुन । पराने संकार त्यागीएको छैन ।नेताहरू अंहकारमा रमाएका मात्र होइनन् कमीशनमा पनि लोभिएको धेरै देखियो । झुटो बोल्न नेपालका प्रधानमन्त्रीलाई सिकाउन पदैन । भोको पेट नाडगो शरिर लिएर गरिबको थाप्लोमा रिणको बोझ थप्ने काम यही सरकारले धेरै गर्यो । यो सबै हेरेका बुझेका प्रचण्ड माधब बामदेवहरूले के गरे ?
जिउदो नेताको नाउँमा प्रतिष्ठान खोलेर खानसक्नेले मोरेका नेताको नाउँमा खोलीएका संस्थाहरूको लागी राज्यबाट बजेट दिलाउन कुन बादले निर्देशित गर्यो । हैकम बाद अहंमबाद गुटवाद परिवारवाद नाताबाद जस्ता सिद्धान्तहिन चरित्रबाट मुलुकले पाउने शिक्षा के हो ? भ्रष्टचारीलाई समर्थन कसैले गर्दैन । अहिले नेकपामा एकले अर्को प्रति विश्वास गर्न नसक्न भनेकै अहंकार र स्वार्थको खेल बाहेक केही देखिएन । चाए त्यो पदक तथा विभुषण वितरणमा होस वा राज्यको सम्पतिm भाडामा दिदाँ होस् । सरकारको चरित्र र नेताकोे व्यवहारले प्रष्ट पारिदियो । अब समयले साथ दिदैन । नेकपाले झटो प्रचार गरेर जनताले पत्याउदैन स्वार्थ बाहेक नेताहरू को ध्यान अनेत्र देखिएन हरूवाहरूको सभा राट्रियसभाको गरिमा राखीएन । त्यसैले अबका दिनमा कठोर अवस्था आउदैछ । त्यस बखत अदालतले समेत अहिलेको संस्कारलाई स्विकार गदैन । समय एक पटक आउछ ।फेरी फेरी आउदैन । मौका लुट र सम्पतिm संकलनको छ । बामदेवलाई रहर पुग्न बाँकी थिएन बाकी त माधन र सुवासहरूको थियो ? के अब नेकपा सुद्धिन्छ संसदको गरमिा बच्छ भन्ने बाटो रह्यो र ? जे हुदैन थियो त्यही भएको छ । मात्र पर्ख र हेरको समय बाकीछ नेकपाबाट अब मलक चल्दैन की कसो ?

 


सम्बन्धित समाचार