Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

बालुवाटारको हेलिप्याडले त पक्कै देशको इज्जत बढ्यो

काठमाडौं । रत्नपार्क बसपार्क भित्र लाइन लागेर गरिब जनताले दाताको सहयोगमा हात मुख जोड्दा देशको इज्जत जाने मुलुकमा मुलुकका कार्यकारी प्रधानमन्त्री दोहोरदोहर गर्न बालुवाटारमा हेलिप्याड बनेपछि मुलुकको इज्जत र काठमाडौं महानगरपालिकाको प्रतिष्ठा पक्कै बढ्यो होला ।
अब प्रधानमन्त्री एयरपोर्ट जाँदा–आउँदा ट्राफिक जामबाट सर्वसाधारणले सास्ती खेप्नु नपर्ने भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा अत्याधुनिक हेलिप्याड निर्माण भएसँगै उक्त समस्या समाधान हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन्।
थापका अनुसार नागरिक उड्डयन प्राधिकरणको मापदण्डअनुसार बालुवाटारमा हेलिप्याड निर्माण कार्य सम्पन्न भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सेनाको हेलिकप्टरबाट आइतवार संखुवासभाका विभिन्न कार्यक्रममा सहभागी हुन नवनिर्मित हेलिप्याडबाट नै पहिलो उडान गरेका थिए। साँझ निवास फर्किँदा पनि बालुवाटारकै हेलिप्याडमै अवतरण गरिएको थापाले बताए। हेलिप्याड निर्माणले अब बालुवाटारबाट एयरपोर्ट जान–आउन लाग्ने समय बचत हुने उनको भनाइ छ।


सम्बन्धित समाचार