Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

बालुवाटारबाटै माथिल्लो खुरुङ्गा खोला जलबिद्दुत आयोजना उद्घाटन

काठमाडौं । प्रविधिको उपयोग गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले माथिल्लो खोरुंगा खोला साना जलविद्युत् आयोजनाको उद्घाटन गरेका छन् । प्रधानमन्त्री ओलीले बालुवाटारको एक्सन रुमबाट आयोजनाको उद्घाटन गरेका हुन् । मेन्छ्याम गाउपालिकामा भएको उद्घाटन कार्यक्रमलाई प्रधानमन्त्रीले बालुवाटारबाटै सम्बोधन समेत गरेका थिए । उद्घाटन कार्यक्रममा ऊर्जामन्त्री वर्षमान पुनलगायतको उपस्थिति थियो । यो आयोजनामा माछापुच्छ्रे बैंक लिमिटेडको नेतृत्वमा नेपाल बंगलादेश बैंक र ग्लोबल आईएमईले लगानी गरेका थिए । करिब एक अर्ब ३२ करोड ५० लाख लागतको आयोजनामा माछापुच्छ्रे बैंक लिमिटेडले ४० करोड, नेपाल बंगलादेश बैंकले ३० करोड र ग्लोबल आईएमईले ३० करोड लगानी गरेका छन् ।
आयोजनाबाट उत्पादित विद्युत् ४.७ किलोमिटर लामो ३३ केभी प्रसारण लाइनबाट नेपाल विद्युत् प्राधिकरणको जिरीखिम्ती सवस्टेसनमा जोडिएको छ ।


सम्बन्धित समाचार