Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

बालुवाटारबाट स्थायी मित्रताको हात बढाउँदै वामदेवलाई रक्षाको अफर, फुट्ला त प्रचण्ड-माधव गठबन्ध ?

काठमाडौं । ईश्वर पोखरेललाई विना विभागीय बनाएर बनाएर प्रधानमन्त्री कार्यालयमै थन्क्याएरसँगै खाली गराइएको रक्षा मन्त्रालयमा पार्टी उपाध्यक्ष वामदेव गौतमलाई बालुवाटारले स्वागत गर्ने प्रस्ताव गरेको छ । सरकारविरुद्धाको मोर्चा बलियो बन्दै गएको बेला त्यो मोर्चालाई पानीको फोको बनाउने योजनामा प्रधानमन्त्री केपी शर्मा ओलीले यो योजना अघि सारेका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई रक्षा मन्त्रालयको नेतृत्व सम्हाल्नेगरि मन्त्रिमण्डलमा समावेश गर्ने तयारी गरेको बालुवाटार स्रोतले बताएको छ । पार्टीभित्र आफूविरुद्ध घेराबन्दी भैरहेको अवस्थालाई मध्येनजर गर्दै प्रधानमन्त्री ओलीले गौतमलाई आफ्नो कित्तामा ल्याउनको लागि यस्तो अस्त्र प्रयोग गरेका हुन् । तर, नेता गौतमले भने आफू तत्काल मन्त्री बन्ने तयारीमा नलागेको र आफ्नो अडान कायमै रहेको आफूनिकट नेताहरुसँग स्पष्ट पारेका छन् । नेकपा निकट स्रोतकाअनुसार बालुवाटारले भने गौतमलाई रक्षामन्त्री बन्न अफर गरेको छ ।

पाटीभित्र रहेको आफूविरोधी गठबन्धन भत्काउनलाई पनि प्रधानमन्त्री ओलीले यस्तो अफर गरेको ओलीईतर समूहका नेताहरुको दाबी छ । गौतम भने आफू यसपटक प्रधानमन्त्री ओलीको कुनै पनि ललिपपमा नफस्ने अडान देखाएका छन् । प्रधानमन्त्री ओलीनिकट नेताहरुले गौतमलाई अदालतको मन्त्री बन्न बाटो खुल्लासहितको आदेश आएपछि धमाधम बधाई दिईरहेका छन् ।


सम्बन्धित समाचार