Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । यस पटक भाउजु र बाको पसल बन्द छ । योग्य भए पनि कित्ता बुझाएर अख्तियार, अदालत, राजदूत तथा उच्च तहको नियुक्तिमा बा र भाउजुको पसलमा तोकिएको नगद डिपोजिट गरेपछि लिने नियुक्ति भित्र नेपाली श्रमिक बजार भएका अरवियन मुलुकसँगै अष्ट्रेलिया, जापान, कोरिया, मलेसिया चर्चामा हुन्थे । हिजो भाउजु परराष्ट्रमन्त्री बा प्रधानमन्त्री हुँदा चम्केको यो पसल आज बन्दछ । अब तिनको भण्डाफोर भइरहन्छ । सरकारले प्रतिस्पर्धाबाट राजदूत नियुक्ति गर्ने तयारी गर्दैछ । कुटनीतिज्ञ प्रा. डा. गंगा थापाले दिएको जानकारी अनुसार केपी ओलीले त निमाविकी शिक्षिकालाई अष्ट्रेलियाको राजदूत बनाए । त्यो बेला उनले गरेको खर्च उठाउन आफैंलाई आवश्यक पर्ने भन्दै भान्से, बगैंचे कामदारका रूपमा मानव तस्करी गर्दा भण्डाफोर भयो । उनले लगानी उठाउन नसक्दा रोइन । जसलाई राजदूतको पद के हो, के गर्नुपर्छ थाहा थिएन ।, पद पाएपछि सिक्नु पर्ला भन्थिन् । विष्णुहरि नेपाल जापानका राजदूत भए । उनको थर माधव र प्रदीपसँग मिल्दा एमालेको बा समूहको पसलमा किस्ता बुझाउनु परेन । प्रदीप ज्ञवालीको योग्यताले परराष्ट्र र कुटनीति धान्यो कि धानेन भन्दा पनि उनको सचिवालयले देश अनुसार पैसाको मोलतोल गथ्र्यो । विष्णु पौडेलले शुरुमै भनेका थिए, त्यहाँ मिलाउनुपर्छ । प्रा. गंगा थापा प्रदीपसँगै भेट्न गए । कुराकानी भयो मन्त्रीसँग भेटेपछि सचिवालयले छुट्टै कोठामा लग्यो पैसाको कुरा उठायो । डा. थापाले पैसा बुझाएर रजदूत बन्ने आफ्नो योग्यता नभएको बताएपछि प्रदीपका पिए हिस्स परेको अवस्था थियो । राजनीतिक नियुक्तिका हरेक ठाउँमा एमालेले पैसा उठाएर भ्रष्टाचार गथ्र्यो । कोशी प्रदेशका मन्त्रीले जापानमा खेलाडी तस्करी गर्दा कारबाही भएन । उनी ओली भक्ति थिए । अझै मन्त्री होलान् । सरकारको इज्जत कानुन सम्वत व्यवहारले धान्छ । परराष्ट्रमा देशको कुटनीति जोडिन्छ । नेपाल देशका युवाहरूलाई स्वदेशमा रोजगारी थिएन । उद्योग सञ्चालन गर्ने रोजगारी बढाउने नीति काँग्रेस र एमालेको थिएन । चलिरहेका उद्योग बेचेर पैसा खल्तीमा हाल्ने कर्मचारी हटाउने समाजवादले रोजगारी दिँदैन । गोल्छा समूह भृकुटी कागजको ९ करोड अझै बुझाएको छैन । त्यो बेला अर्थमन्त्री महेश आचार्य राजनीतिबाट हराए । सुजाता छिन् गिरिजा छैनन् । गोल्छा समूहले उद्योग दिलाएबापत कमिशन बुझायो । सरकारलाई तिर्नु पर्ने तिरेन । खोजी कसैले गरेन । परराष्ट्रमा पनि भएको यस्तै हो । देशको गरिमा जोगाउने इज्जतको ख्याल गर्ने राजदूत हुँदा लगानी भिœयाउन कठिन हुँदैन । जब मन्त्री नै दलाल बनेर मानव तस्कर गर्छन् भने परराष्ट्रको सम्बन्ध जोगिन्छ कसरी ? भिजिट भिसा प्रकरण पनि त त्यस्तै हो । छानविन गर्नेले गरेको भए पत्ता लाग्छ । परराष्ट्र सम्बन्ध तहस तहस बनाउने त्यो शक्ति आज जनताका बीचमा बदनाम छ । रघुवीर महासेठ केही समय परराष्ट्र मन्त्री भएका थिए । उनले पार्टीका विभिन्न संगठन छन् त्यहीबाट राजदूत छान्छौ भनेर नेपालीको इज्जत खरानी बनाएको कुरा पनि डा. गंगा थापाको स्मरणमा ताजा छ । कुटनीतिक विषयको जानकार परराष्ट्र मन्त्रालयको नियुक्तिका लागि विषयको ज्ञाता अर्थात् राजनीतिमा उच्चता हासिल भएको नैतिकवान राष्ट्रप्रेमी मान्छेले देशको इज्जत बचाउँछ । तर केपी र डा. आरजु राणालाई देशको इज्जत जोगाउनु जरुरी थिएन । बेलायतको राजदूतावास भएको घर बेचेर कमिशन बुझाउन सक्ने खोजी यिनले गर्थे । जापान, कोरियामा कुटनीतिक मर्यादा कुल्चेर कामदार लगेर बेच्ने दलालहरू ओली र आरजुलाई राजदूत चाहिएको थियो । यिनले नेपालको बदनाम गराएका थिए । आज यिनको पसल बन्द भयो । यिनका कुकर्म सार्वजनिक भएका छन्, हुँदैछन् । वर्तमान परराष्ट्रमन्त्री शिशिर खनालले विगतको पसल बन्द गर्दै घण्टीघरप्रतिको विश्वास कति जगाउँछन् । नयाँ राजदूत नियुक्तिहरूले पनि देखाउने छन् । तर प्रतिस्पर्धाको कुरा आएको छ । लोकतन्त्रका मसियाहरूको लुटपाट त्यसमा मात्र थिएन । अख्तियारका प्रमुख आयुक्त र आयुक्तहरू, सर्वोच्च अदालत, उच्च अदालत, विशेष अदालत, जिल्ला अदालतको न्यायाधिश नियुक्तिमै पनि हिजो बा र आरजुले पसल चलाएकै हुन् । त्यही कारण सर्वोच्चले केपी ओली, रमेश लेखकले ७६ जना निर्दोष युवाको हत्या गरेको प्रमाण फेला नपारेको हो । जेनजी आन्दोलनमा अदालत जल्नु अपराधीले मुद्दा जित्नु हो अख्तियारमा आक्रमण हुनु एमाले काँग्रेसका भ्रष्ट बचाउनु हो । संसद भवन जल्नु लोकतन्त्रलाई सत्ताको भ¥याङ बनाउनु हो भने प्रहरी कार्यालयहरू लुटिनु जलाइनु प्रहरीको छानविनमा भेदभावपूर्ण शैलीको विरुद्ध हो । राष्ट्रपति त आफ्ना छोराछोरी बाहेक अरुको बारेमा सोच्दैनन कार्यलय किन नजलोस् त ?
२०८३ जेष्ठ ७
ताजा नेपाल
२०८३ जेष्ठ ७
ताजा नेपाल
२०८३ जेष्ठ ७
ताजा नेपाल