Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

बिग मर्जरमा जानेलाई यस्ता छन् सुविधा

काठमाडौं । बिग मर्जरमा जाने बैंकहरुका लागि राष्ट्र बैंकले सहुलियतको प्याकेज घोषणा गर्ने भएको छ । केही दिनमै मौद्रिक नीति सार्वजनिक गर्नै तयारी गरिरहेको राष्ट्र बैंकले प्रमुख कार्यकारीको कुलिङ पिरियडदेखि विभिन्न अनुपातहरुमा सहुलियत दिने भएको हो । मर्जरमा जाने बैंकहरुमा प्रमुख कार्यकारी, नयाव प्रमुख कार्यकारीलाई लाग्दै आएको ६ महिनाको कुलिङ पिरियड लागू हुँदैन ।
राष्ट्र बैंकले पुनर्कर्जामा पनि सहजीकरण गर्ने भएको छ । मर्जरमा जाने संस्थालाई पुनर्कर्जामा प्राथमिकता दिनेदेखि कर्जा–निक्षेप–अनुपात (सिसिडी रेसियो), अनिवार्य तरलता अनुपात ९सिआरआर० ुब्रिजु भएमा निश्चित समय कारवाहीबाट छुट दिने तयारीसमेत गरेको छ । पूँजी कोष अनुपात, खराब कर्जा अनुपातमा पनि लतकता अपनाउने भएको छ । स्रोतहरुका अनुसार, बाणिज्य(बाणिज्य बैंक मर्ज भए सिसिडी ८५ प्रतिशतसम्म पुर्याइदिने तयारी पनि राष्ट्र बैंकको छ । कल निक्षेप सीमाभित्र ल्याउने समय थपिदिने छ भने संस्था गत निक्षेपकर्ताको सिमामा बृद्धि गरिदिने छ ।


सम्बन्धित समाचार

आज कहाँ कहाँ पर्छ पानी ?

२०८१ आश्विन १३

ताजा नेपाल