Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

बिन्दवासिनी म्युजिककी अध्यक्ष पक्राउ

काठमाडौँ । बिन्दवासिनी म्युजिक प्रालिकी अध्यक्ष लिना शर्मा रेग्मी पक्राउ परेकी छन् । कपि राइट उल्लंघन गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो । उनलाई सोमबार प्रकाउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ । गायक प्रमोद खरेललगायत केही कलाकारहरूले आइतबार परिसरमा प्रतिलिपि अधिकार उल्लंघनमा अध्यक्ष रेग्मीविरुद्ध जाहेरी दिएका थिए । सोही जाहेरीको आधारमा प्रहरीले जिल्ला अदालत काठमाडौँबाट पक्राउ अनुमति लिएको थियो ।
कलाकारहरूले कपी राइट सम्बन्धमा दिएको जाहेरीको आधरमा लिनालाई नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक प्रमेश बिष्टले जानकारी दिए ।