Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

बिपिडब्लु लघुवित्त वित्तीयको आईपीओ निष्काशन खुला

काठमाडौं । बिपिडब्लु लघुवित्त वित्तीय संस्थाले आज फागुन १८ गते विहीबारदेखि २३ गते मंगलबारसम्म सर्वसाधारणका लागि आईपीओ निष्काशन खुला गरेको छ ।
कम्पनीले ८० हजार ९ सय ५० कित्ता आईपीओ सर्वसाधारणका लागि बिक्री खुला गरेको हो । उक्त कम्पनीको आईपीओ ८ हजार ९५ जनाले १०–१० कित्ताका दरले पाउने छन् ।
संस्थाले वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकलाई माघ २२ गतेदेखि फागुन ८ गतेसम्म आईपीओ बिक्री खुला गरेको बिक्री प्रबन्धक मेगा क्यापिटलले जानकारी दिएको छ ।
कम्पनीले नेपाली श्रमिकलाई ९ हजार ७ सय कित्ता शेयर बिक्री गरेको हो । १५ सय कित्ता कम्पनीका कर्मचारीको लागि र ४ हजार ८ सय ५० कित्ता सामुहिक लगानी कोषहरुलाई छुट्याइएको छ ।
कम्पनीले कूल ९७ लाख रुपियाँ बराबरको ९७ हजार कित्ता आईपीओ निष्काशन गर्न लागेको जनाईएको छ ।