Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

बुबालाई भाला हान्ने पक्राउ

धनकुटा । आफ्नै बुबा ५० वर्षीय गोपाल लिम्बुलाई धारिलो हतियार भाला प्रहार गरी घाइते बनाइएको अभियोगमा चौबिसे गाउँपालिका(७ पोस्तके बस्ने बिनोद लिम्बुलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
बिनोदले घरायसी विवादको कारण भालाले ढाडमा प्रहार गरी गम्भीर घाइते बनाएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी बिट मौनाबुधुकबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । भाला प्रहारबाट घाइते भएका गोपाललाई स्थानीय स्वास्थ्य चौकी मौनाबुधुक हुँदै थप उपचारका लागि धरान घोपातर्फ रिफर गरिएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार