Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

बेलायती राजपरिवारमा किचलो

लण्डन– बेलायती राजनीतिमा उथलपुथल आएसँगै राजपरिवारमा पनि किचलो शुरु भएको छ । आपसी मतभेद् बढ्दै जाँदा राजपरिवारका सदस्यहरु समेत विखण्डनमा पुगेका छन् । उनीहरु अलग–अलग भएर बस्ने निर्णयमा पुगेको बताइन्छ ।
हालै आईटिभीले ह्यारीबारे बनाएको डकुमेन्ट्रीबाट पनि परिवारभित्रको विवाद बाहिरियो । बेलायती महारानी एलिजाबेथले ह्यारी र मेघनको तस्बिर आफ्नो कोठाबाट झिकेकी छन् । त्यस ठाउँबाट विलियम र केटको तस्बिर भने उनले हटाएकी छैनन् ।
राजकुमार ह्यारी र उनकी पत्नी मेघन मार्केल देश नै छाडेर दक्षिण अफ्रिका जाने तयारी गरेको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् ।
२०१८ मा मात्रै ‘हेलो म्यागजिन’ले प्रकाशित गरेको समाचारमा एलिजाबेथको कोठामा ह्यारी र मेघनको तस्बिर थियो । पछिल्लो समय भने त्यो तस्बिर त्यो कोठाबाटै हटाइएको छ ।
एलिजाबेथको यस्तो निर्णयलाई लिएर धेरैले पारिवारिक मतभेद्सँग जोडेर टिप्पणी गरेका छन् । त्यसो त, राजपरिवारबारे मेघनको टिप्पणीप्रति एलिजाबेथ असन्तुष्ट थिइन् ।


सम्बन्धित समाचार

घरैबाट पक्राउ परे दुर्गा प्रसाईं

२०८१ आश्विन ६

ताजा नेपाल

ओली र मोदी आज भेट्दै

२०८१ आश्विन ६

ताजा नेपाल