Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । बैङ्कमा पैसा छ लगानी छैन । सरकारमा नेकपा एमालेको नीतिगत लुटाहा समुह छ । त्यो समूहले राज्यको श्रोत लुट्छ । बैङ्कहरूको लगानीलाई विश्वास गर्न सक्ने कुनै ठाउँ छैन । सरकार कमिशनमा रमाएको बेला बैङ्कका सिइओ र सञ्चालकहरू जनताको बचतको ब्याज घटाएर १८ प्रतिशतसम्म ब्याज कुम्ल्याएकै थिए । लगानीको व्याज हिजो १८ प्रतिशत हुँदा पनि ५ अर्ब नाफा कमाएका बैङ्कहरू आज बैङ्कमा थुप्रिएको पैसा लगानी नहुँदा पनि ७ प्रतिशत ब्याज देखाएर नाफा भने ५ अर्ब नै देखाउनुको रहस्य के हो ? देशका युवाहरू विदेश जान बाध्य बनाएको सरकारले कर्जा लगानी ५ दशमलब ६२ प्रतिशत बढ्दा रमाएको छ । जुन सरकार जनताप्रति बफादार छैन त्यसले बैङ्क तथा वित्तीय संस्थाहरूलाई विश्वास दिलाउन सक्दैन । सरकारको गलत नीतिले सहकारी ठगहरू उन्मुक्त छन् । काँग्रेस र एमालेका ९० प्रतिशत नेता जोडिएको सहकारी काण्डले देश हल्लायो । तर सरकारले पार्टीका ठगहरूलाई कारबाही गरेन । बैङ्कको कर्जामा देखिएको अविश्वास सरकारकै अविश्वास हो । लगानीको क्षेत्रमा सरकार नै असफल छ । कमिशन बिना सरकारले कुनै लगानी गर्न दिँदैन भन्ने प्रमाण ५२ अर्ब विद्युत महसुल २२ अर्ब हुँदै ८ अर्ब ६५ करोडमा झार्दा समेत महसुल नतिर्ने माफियाहरू प्रधानमन्त्रीको आरक्षण पाउनुको कारण के हो ? छर्लङ्ग हुन्छ । यो सरकार दलाल र भ्रष्टहरूको हो भन्ने कुरा पटक पटक व्यवसायी दुर्गा प्रसाईको कथनले पुष्टि गर्दछ । जसको छ अर्ब बैङ्कको ऋण छ । प्रत्येक बैङ्कलाई उनले ब्याज तिरेको बताउँछन् । अस्पताल, क्याम्पस, स्कुल, क्यान्सर अस्पताल, पाँचतारे होटलमा लगानी छ । तर उनले बैङ्क तथा वित्तीय संस्थाको ऋणको ब्याज मिनाहको कुरा गर्दा बैङ्कहरूले टेरेनन् । जसको लगानी छैन १८ प्रतिशत ब्याज घटाएर ७ प्रतिशतमा झार्दा पनि लगानीको आकर्षण छैन । १६ जना मारवाडीले नेपालको अर्थतन्त्र कब्जा गरेका छन् । प्रसाई त्यसै नेकपा एमाले र प्रम अोलीको भित्री चरित्रको भण्डाफोर गर्न तम्सेका होइनन् । युवा विदेश खेदेर रेमिट्यान्समा रमाएको सरकारले लगानी बढाउन चोहेको छैन । देशले पाउने राजश्व प्रधानमन्त्रीको लहडमा रु ६ अर्ब मिनाह पाउने शतिशलाल गुरुवाचार्य को हुन् ? जसले एनसेलको कर छलेको पैसा कम्बोडियाको टेलिकममा लगानी गरेका छन् । त्यसमा प्रम ओलीको शेयर छ भन्ने उनै दुर्गा प्रसाईमाथि बारबार प्रहरी लगाएर पक्रने काम सरकारले गरेको हो । नेपालका नेताप्रति जनताको विश्वास नहुँदा बैङ्कको कर्जा लगानीमा पनि कमी आएको हो । नेकपा एमाले र काँग्रेसले सरकार बनाएपछि विकासको ओइराले लाग्छ भनेर डंका पिट्ने एमालेका अध्यक्ष एवं प्रम केपी ओली नै लगानी बढाउने नीति तथा कार्यक्रम ल्याउन नसक्ने अवस्थामा छैनन् । यो उनको नेतृत्वको सरकारप्रतिको अविश्वास हो ।
२०८२ बैशाख ७
ताजा नेपाल
२०८२ बैशाख ७
ताजा नेपाल
२०८२ बैशाख ७
ताजा नेपाल