Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

बैठकअघि दुई अध्यक्षको छलफल

काठमाडौँ । नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको बेला नेकपाका अध्यद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल छलफलमा जुटेका छन् । स्थायी कमिटीको बैठकअघि प्रधानमन्त्री निवास बालुवाटारमा ओली र दाहाल छलफलमा बसेको नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले बताए । स्थायी कमिटी बैठक बालुवाटारमा १ बजे बोलाइएको छ ।

तीन दिनको स्थगनपछि बुधबार स्थायी कमिटी बैठकअघि प्रधानमन्त्री ओलीले संवैधानिक परिषद्सम्बन्धी विवादित अध्यादेश ल्याएपछि नेकपा विवाद नयाँ मोडमा पुगेको छ । यसैबीच बुधबार बिहान ओलीनिकट मानिने लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा स्थायी कमिटी सदस्य शंकर पोखरेल अध्यक्ष दाहाललाई भेट्न खुमलटार पुगेका थिए। पोखरेलले दुई अध्यक्ष छलफलमा बस्न सुझाव दिएका थिए । त्यसपछि नै ओली र दाहाल छलफलमा बसेका हुन् ।


सम्बन्धित समाचार