Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

बैतडी दुर्घटनामा मृत्यु भएका ४ प्रहरीको सनाखत

बैतडी । जिप दुर्घटनामा परी मृत्यु भएका ४ प्रहरीको सनाखत भएको छ । मृत्यु हुनेमा प्रहरी सहायक हवल्दार अर्जुन कठायत, प्रहरी जवान लोकबहादुर बाठामगर, रमेश साउद र विर्ख बहादुर विष्ट रहेका छन् । प्रहरी बोकेको जिप आज बिहान दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका–४ निङ्लाडी खोला भन्ने स्थानमा से१ज ८५४ नम्बरको जिप दुर्घटनामा परेको थियोे । २ जन घाइतेलाई हेलिकप्टरबाट नेपालगंज पठाइएको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले नेपालप्रेसलाई बताए । उनले भने, ‘७ प्रहरीको अवस्था गम्भीर छ ।’ जिल्ला सदरमुकाममा मतपेटिका पु¥याएर फर्कदै गरेको प्रहरी टोली सवार जिप दुर्घटनामा परेको हो । जिप सडकबाट करिब तीन सय मिटर तल खसेको जनाइएको छ । रातभरि मतपेटिका ढुवानी गरिरहेको र चालकलाई अनिदो भएर दुर्घटना भएको हुनसक्ने प्रजिअ पन्थीको भनाइ छ । जिपमा चालकसहित १२ जना सवार थिए । घटनाको थप अनुसन्धान भइरहेको छ ।