Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

भरुवा बन्दुक सहित युवा पक्राउ

भोजपुर । आमचोक गाउँपालिका-३ दिसङ्ला बस्ने २२ बर्षीय साजाङ राईलाई ४ थान भरुवा बन्दुक सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । चैत्र ६ गते बेलुका सोही ठाउँस्थित जंगलमा शिकार खेल्ने क्रममा भरुवा बन्दुकको छर्रा लागि सोही ठाउँ बस्ने १४ वर्षीय निश्चल राई घाइते भई धरान घोपामा उपचार भइरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय वोयाङरबाट खटिएको प्रहरीले राईलाई एक थान भरुवा बन्दुक सहित नियन्त्रणमा लिएको हो । साथै सोधपुछ गर्ने क्रममा उक्त जंगलमा झारपातले छोपेर लुकाइ राखेको ३ थान भरुवा बन्दुक समेत बरामद भएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार