Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

भाइरल फोटो चार वर्षअघिको

काठमाडौं । दुई दिनअघि पूर्वपरराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले एक कार्यक्रममा देशको महंगी चित्रण गर्न आफ्नै सन्दर्भ उल्लेख गरे । उनले आफ्नै भान्सामा दुईथरी तरकारी पकाउन सक्ने अवस्था नरहेको बताए । पूर्वमन्त्रीको यो अभिव्यक्तिलाई लिएर सामाजिक सञ्जालमा निकै ट्रोल गरिएको छ । यस क्रममा ज्ञवालीले खाना खाइरहेको एउटा तस्वीर भाइरल भइरहेको छ । तस्वीरमा उनले खाना खाइरहेको टेबल विभिन्न परिकारहरुले भरिभराउ देखिन्छ । यही तस्वीरलाई उनको अभिव्यक्तिसँग जोडेर गलत प्रचार भइरहेको थियो ।
ज्ञवालीको यो तस्वीर उनको आफ्नो घरभित्रको भने थिएन । आजभन्दा चार वर्ष अगाडि अमेरिका बसाइका क्रममा एक नेपालीको भान्सामा यो तस्वीर खिचिएको पुष्टि भएको छ । अमेरिका निवासी भरतराज ज्ञवालीले आफ्नो घरको भान्सामा यो तस्वीर आफैँले मोबाइलबाट खिचेको पुष्टि गरेका छन् । मैले फेसबुकमा पोष्ट गरेको तस्वीरलाई लिएर प्रदिप ज्ञवालीबारे गलत प्रचार गरिएको छ । यस्ता काम गर्ने अपराधिलाई सजाय होस्, उनले फेसबुकमा लेखेका छन् । ज्ञवालीले यो तस्वीर ३० सेप्टेम्बर २०१८ मा पोष्ट गरेका थिए ।