Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

भाउजु भनेर बोलाए बलात्कार गरे अनि ज्युँदै जलाए

काठमाडौं । जेठ २५ गते दार्चुलाको शैल्यशिखर नगरपालिका–१ बारिलमा बुधवार ४५ वर्षीया अनिभा खडायतको शव आगोमा जलेको अवस्थामा फेला पर्यो । उनको हत्या भएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रवक्ता लोकेन्द्र कार्कीका अनुसार घटनाका मुख्य अभियुक्त भोजबहादुर खडायत पक्राउ परेका छन् । उनी नातामा मृतकका देवर हुन् । नेपाल विद्युत् प्राधिकरण बलाँच केन्द्रका सुरक्षा गार्डका रुपमा उनी कार्यरत थिए । उनलाई बैतडीबाट पक्राउ गरिएको हो ।

अनुसन्धानमा क्रममा अन्य दुईजना पनि प्रहरी नियन्त्रणमा छन् । तर, घटनामा उनीहरूको संलग्नता थियो वा थिएन खुलेको छैन ।

छिमेकी वीरेन्द्र खडायत र तुला खडायतलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । २५ गते बिहान अनिभा खडायतको शव ‘गाज्यो’मा घरबाट ५० मिटरको दुरीमा जलेको अवस्थामा फेला परेको थियो । प्रहरीका अनुसार उनी एकल महिला हुन् । उनकी १३ वर्षीया छोरी र ७ वर्षीय छोरा छन् । उनका श्रीमानको केही वर्ष अगाडि मृत्यु भएको थियो ।

अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार २४ गते राति भोजराज, वीरेन्द्र र तुलाले सँगै मदिरा सेवन गरेको खुलेको छ । तर, घटनामा तीनै जना संलग्न हुन् वा भोजराज मात्रै अनुसन्धान जारी छ । मदिरा सेवन गरेपछि भोजराज अनिभाको घरतर्फ गएका थिए । रातको २ बजे आसपासको समयमा भोजराज त्यहाँ पुगेर भाउजु भनेर बोलाएको छिमेकीहरु बताउँछन् ।

अनिभा घरको ढोका खुलै राखेर छोराछोरीसँग सुतेको बताइएको छ । तर, बोलाउँदा उनी आइन् वा जवरजस्ती लगियो प्रहरी अनुसन्धानमा खुल्न बाँकी छ । अनुसन्धानमा संलग्न एक अधिकारीले भने, बिहान ५ बजे आसपासको समयमा मृतककी छोरीको भोजराजसँग आफ्नो घरनजिकै जम्काभेट भएको देखिन्छ त्यसपछि आगोमा जलेको शव पनि भेटियो । त्यसपछि भोजराज फरार थिए ।

छोरीकै किटानीका आधारमा भोजराज पक्राउ परेका छन् । प्रहरीका अनुसार भोजराजको साथबाट अनिभाको गहना भेटिएको छ । यसले घटनामा उनको संलग्नता पुष्टि गर्ने प्रहरी अधिकारीहरू बताउँछन् ।

प्रहरीले घटनाको कारण खोजिरहेको छ । विभत्स हत्या पछाडिका कारण विभिन्न हुनसक्ने प्रहरी प्रारम्भिक अनुमान छ । आफ्नो केही कमजोरी वा पोल खुल्नसक्ने डरले भोजराले हत्या गरेको हुनसक्ने प्रहरी अनुमान छ । पोष्टमार्टम रिपोर्ट प्रहरीले कुरिरहेको छ । भोजराजविरुद्ध प्रहरीले जवरजस्ती करणी, ज्यान सम्बन्धी कसुर र डाँका चोरी शीर्षकमा मुद्दा दर्ता गरेको छ ।

दार्चुला प्रहरी प्रवक्ता कार्कीले अनुसन्धानकै क्रममा रहेकाले सबै कुरा भन्न नमिल्ने बताए । उनले भने, प्रहरी अनुसन्धान जारी छ । हत्याको कारण खुलेको छैन । हामी सक्रिय रुपमा कारण खोज्न जुटेका छौं ।

मृतककी छोरी र छोरा आफन्तको संरक्षणमा छन्


सम्बन्धित समाचार

श्रीमान्हरूका फैसला पनि खोतलिँदै

२०८३ जेष्ठ ७

ताजा नेपाल

बा र भाउजुको लुटको पसल बन्द

२०८३ जेष्ठ ७

ताजा नेपाल