Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

भाजपा, माओवादी र आरएसएस सम्बन्ध

प्राइम टेलिभिजनका ऋषि धमलालाई दिएको पछिल्लो अन्तर्वार्तामा प्रचण्डले काँग्रेस, नेकपा (प्रचण्ड–माधव) र मधेशवादीको गठबन्धन सरकार भारतलाई सहज हुने भनेर दिएको अभिव्यक्तिले पुराना राजनीतिज्ञ नारायणमान विजुक्छेको भनाईलाई पुष्टि गरेको छ । प्रचण्ड–नेपाल समूह भारत र युरोपियन क्रिश्चियनहरूको ट्रोजन हर्स घोडा हुन् । हो ओलीको एमसीसी गिरोहसँग संघर्ष गर्नै पर्दछ । ओली ठिक होइनन्, यसको अर्थ भारत गुहारेर सरकार बनाउन खोज्नु आफंैमा राष्ट्रघात मात्रै होइन, आफ्नै आमा बलात्कार गर्नु सरह हो ।

हुन त कथित माओवाद कुनै क्रान्ति होइन । विशेष गरी गाउँघरमा बलात्कार गरेका, बापती, ऋण तिर्न नसकेका, चोर र लुटेराहरू क्रान्तिको आवरणमा धम्क्याएर खाने गिरोह थियो देशभित्र भने बाह्य रुपमा रअ र इसाईहरूको घोडा थियो । ०६२÷०६३ पछि सेना र प्रहरीका गुप्तचरहरू पनि व्यापक रुपमा माओवादी बने । जसरी कम्युनिष्ट पार्टीको स्थापना कालदेखिनै पुष्पलालले कम्युनिष्ट आवरणमा भारत र रअको एजेन्टको रुपमा काम गरेका थिए ठिक त्यसैगरी प्रचण्ड, बाबुराम, विप्लव, मोहन वैद्यले माओवादको आवरणमा क्रिश्चियन मिसनअन्तर्गत रअको काम गरेका थिए ।

माओवादीको १० वर्षे हिंसामा ५ वर्षभन्दा बढी भारतमा कथित हिन्दू आवरणको भाजपाको सरकार थियो । तिनै भाजपा नेता तथा तत्कालिन प्रधानमन्त्री अटल बिहारी बाजपेयीलाई प्रचण्ड र बाबुरामले निवेदन हालेका थिए । जसरी माधव नेपालले प्रधानमन्त्रीका लागि दरबारमा बिन्ती पत्र चढाएका थिए । बाजपेयी तिनै व्यक्ति हुन् जो सन् ०७० को दशकमा आरएसएस नेता गोलवलकरको विश्वको धार्मिक नेतृत्व अमेरिकाले गर्नेछ भनेका थिए । भियतनाम युद्धमा भएको अमेरिकी नरसंहारलाई आरएसएसले समर्थन गरेको पत्र बोकेर तत्कालिन अमेरिकी राष्ट्रपति जन्सनलाई भेट्न बाजपेयी पुगेका थिए । ततपश्चात् मुरारजी देशाईको सरकारमा सिआइएको निर्देशनमा अटल बिहारी बाजपेयी परराष्ट्रमन्त्री भएका थिए ।

२०५८ जेठ १९ को नेपालको नारायणहिटी राजदरबारमा भएको हत्याकाण्ड भारतमा बाजपेयी प्रधानमन्त्री भएकै समयमा भएको थियो । भारतीय गुप्तचर संस्था रअका पूर्व प्रमुख पीके हर्मिज थाराकन दरबार हत्याकाण्डको समयमा तत्कालिन नेपाली सेनाका कर्णेल दिलीप समशेर जबराको विशालनगरको घरमा बसेको कुरा पत्रकार शरोजराज अधिकारीले जासुसीको जालोमा सार्वजनिक गरेका छन् । जबरा पूर्व प्रधान सेनापति धर्मपालबरसिंह थापाका ज्वाइँ हुन् । जसको भारतको गुणगाउँमा घर छ । थाराकनका कर्मचारी हुन् डा. बाबुराम भट्टराई । यी कुराहरू रेकर्डेड रुपमा विभिन्न पुस्तकहरूमा सार्वजनिक भइसकेका छन् ।

कथित माओवादी हिंसा भाजपा, आरएसएस र दरबार हत्याकाण्डमा प्रचण्ड बाबुराम सम्बन्ध एक अर्कामा अन्तरसम्बन्धित छन् । गधा धोएर गाई हुँदैन भन्ने उखान जस्तै प्रचण्डले त्यही सम्बन्ध उप्काएका थिए । दरबार हत्याकाण्डपछि अर्को दिन सैन्य षड्यन्त्र ढाक्न नयाँ कोतपर्वलाई मान्यता दिनुहुँदैन भन्ने लेख बाबुरामले अर्को दिन कान्तिपुर दैनिकमा पठाए । पठाउने व्यक्ति गणेश चितौरेले जागरण बुक हाउस काठमाडौंमा चलाइरहेका छन् । उक्त लेख छाप्ने युवराज घिमिरे कान्तिपुरका सम्पादक थिए । १९ गते राति भएको दरबार हत्याकाण्डको विषयमा नेपाली जनता अनविज्ञ रहेको अवस्थामा तुरुन्तै बाबुरामको लेख दिल्लीबाट फ्याक्स भएर कान्तिपुरमा आउनुले बाबुरामसहितको रअसँग जोडिएको माओवादी गिरोह बाह्य रुपमा दरबार हत्याकाण्डमा संलग्न थियो भन्ने कुरा स्वतः पुष्टि हुन्छ । अहिले संसद पुनस्र्थापना गर्ने चोलेन्द्रसमशेर जबरा महेन्द्र चीर स्मरण समितिका अध्यक्ष युवराजसमशेर जबराका छोरा हुन् ।

दरबारबाट हुकुम प्रमाणबाट अदालतमा छिराइएका राणाको नसो बुझ्न नसक्नु र राणाले वर्तमान संविधानको रक्षाका लागि संसद पुनस्र्थापना गरे भन्नेहरूको चिन्तन हेर्दा उदेक मान्नुपर्ने हुन्छ । तराईमा कथित मधेशको आवरणमा जातीय आगो लगाउने उपेन्द्र यादव रअले संरक्षण गरेका पुष्पलालका चेला हुन् । यो अवस्थामा प्रचण्डले उपेन्द्र र शेरबहादुरसहित प्रचण्ड नेपाल समूहको गठबन्धन भारतलाई सहज हुन्छ भन्नु अस्वाभाविक होइन । हो ओलीको राजनीतिक अनुहार एमसीसीले नै निर्वशस्त्र बनाइसकेको छ ।

यो गिरोहसँग संघर्ष मात्र होइन त्यसलाई परास्त गर्नु पर्दछ । यसको अर्थ प्रचण्ड नेपालको भारतलाई अनुकुल सरकार बनाउनुपर्छ भन्ने कुरामा समर्थन गर्न सकिँदैन । यो अवस्थामा हरेक पार्टीभित्र रहेका देशभक्तहरूले विचार पु¥याएर व्यक्ति र गुटबन्दा माथि पार्टी र पार्टीभन्दा माथि राष्ट्र हो भन्ने कुरा ध्यानमा राखेर निर्णय गर्नु पर्दछ । यो कुरालाई नेकपाभित्रका सचेत जनप्रतिनिधिहरूले मनन गर्न जरुरी छ । एकातर्फ ओली र विद्या भण्डारीलाई संसद विघटन गर्न उक्साउने अर्कोतर्फ प्रचण्ड नेपाललाई पुनस्र्थापनामा सहयोग ग¥यौं भन्ने देशी विदेशी जासुसी मिसनमा चलाइएका टेलिभिजन र पत्रिकाहरूमार्फत् अन्तर्वार्ता लिन लगाएर राजाको आवश्यकता छ भन्दै हिँडेका बाबुराम स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि पनि दिल्ली नै पुगेका छन् ।