Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

भारतको बर्डफ्लु नेपाललाई खतरनाक

काठमाडौँ । कोरोना आतंकले जनजीवन त्राहिमाम बनाइरहेको बेला भारतका विभिन्न प्रदेशमा कुखुरा र चरा मर्न थालेपछि नेपालमा पनि उच्च जोखिम बढेको छ । खुल्ला सीमाना तथा सामान ओसार पसारमा सहजता भएकै कारण नेपालमा जोखिम बढेको हो । भारतमा विभिन्न राज्यमा ठूलो संख्यामा कुखुरा मरेका समाचार बाहिरिएका छन् । कुखुरासँगै ती क्षेत्रमा लगभग २७ सय घुमन्ते चरा पनि मरेका छन् । नेपाल–भारत खुला सीमाका कारण त्यसको जाखिम यहाँ पनि उच्च रहेको सरकारी अधिकारीहरू बताउँछन् ।
विभागअन्तर्गत आठ वटा क्वारेन्टाइन कार्यालय र २४ वटा क्वारेन्टाइन चेकपोस्ट छन् । सबैलाई सतर्क गराइएको ढकालले जानकारी दिए । व्यवसायीका अनुसार तुलनात्मक रूपमा मासुको भाउ नेपालमा महँगिएपछि भारतबाट तस्करी बढ्दो छ । व्यवसायीकै पहलमा तस्करी गर्ने गिरोहहरू पक्राउसमेत परेको राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघका अध्यक्ष जंगबहादुर बीसीले बताएका छन् ।
अवैध रूपमा पैठारी भएर आउने वस्तुको नियन्त्रण दायित्व सीमा सुरक्षा, प्रहरी, भन्सारलगायतको हुन्छ । यस विषयमा भन्सार, सीमा सुरक्षालगायतलाई पनि जानकारी गराइएको बताइएको छ ।
जोखिम भएकै कारण उच्च सतर्कता अपनाइएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता श्रीराम घिमिरेले जानकारी दिए । भारतमा देखिएको बर्डफ्लुबारे तीन–चार दिनयता मात्रै जानकारी पाएको उनले बताए । उच्च सतर्कता अपनाउन पशु क्वारेन्टाइन कार्यालय काँकडभिट्टा, विराटनगर, वीरगन्ज, काठमाडौं, नेपालगन्ज र गड्डाचौकीलाई लिखित रूपमै सर्कुलर गरिएको उनले जानकारी दिए । पशु स्वास्थ्य तथा पशु सेवा ऐन २०५५ दफा ११ को अधिकार प्रयोग गरेर शंकास्पदरजोखिम जोडिएका पदार्थ कुखुराको मासु र मासुजन्य पदार्थमा रोक लगाउन पत्र पठाइएको घिमिरेले बताए । विभागका अनुसार दुई वर्षअघि विराटनगर र रसुवामा करिब २२ हजार कुखुरा नष्ट गरिएको थियो । अहिले पनि बडफ्लुको उच्च जोखिम देखिएको छ । बर्डफ्लु नेपाल भित्रिए किसानलाई दिनुपर्ने राहतका विषयमा पनि छलफल भइरहेको सूचना अधिकारी ढकालको भनाइ छ ।