Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

भारत एक वर्षसम्म जोखिममा, कोरोनाको तेस्रो लहर अक्टोवरबाट

काठमाडौं । कोरोना संक्रमणको चर्को मारमा परेको छिमेकी मुलुक भारतमा कोरोना संक्रमणको तेस्रो लहर आगामी अक्टोबरमा आउने अनुमान गरिएको छ। समाचार संस्था रोयटर्सकाअनुसार स्वास्थ्य विशेषज्ञको टोलीले भारतमा तेस्रो लहरबारे अनुमान गरेको हो। तर, तेस्रो लहरले दोस्रो जति भयावह रुप नलिने अनुमान पनि विशेषज्ञको टोलीले गरेको छ। यसलाई नियन्त्रण गर्न सकिने टोलीले बताएको छ। तर, विशेषज्ञको टोलीले महामारी आगामी एक वर्षसम्म पनि खतरनाक रहने उल्लेख गरेको छ। ४० स्वास्थ्य विशेषज्ञको टोलीबीच गरिएको अनुसन्धानमा खोपले आगामी लहरलाई प्रभाव पार्ने जसले संक्रमणको अवस्थालाई भयावह हुनबाट रोक्ने बताइएको छ। अनुसन्धानमा सहभागी ८५ प्रतिशत विशेषज्ञले आगामी लहर अक्टोबरमा आउने बताएपनि तीन विशेषज्ञले भने महामारीको लहर अगस्टको सुरुवातदेखि नै आउनसक्ने अनुमान गरेका छन् भने अन्य तीनले नोभेम्बरदेखि फेब्रुअरीसम्ममा आउने बताएका छन्। ७० प्रतिशत विशेषज्ञले अब आउने जुनसुकै लहरले पनि पहिलेजति असर नपुर्याउने बताएका छन्। एम्सका निर्देशक डा। रणदीप गुलेरियाले भने, ‘अब आउने लहर नियन्त्रित हुनेछ र यसले कममात्रै असर पुर्याउने छ। किनकि त्यतिन्जेलसम्म धेरैले खोप लगाइसकेका हुनेछन्। साथै दोस्रो लहरबाट धेरैमा प्राकृतिक इम्युनिटी आइसकेको हुनेछ।’ केही विशेषज्ञले अब आउने लहरले १८ वर्षमूनिकालाई बढी असर गर्नसक्नेतर्फ पनि संकेत गरेका छन्।