Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

भाषा हमलामा प्रयोग भएको पहिलो प्रहार झर्रोवाद

  • रामेश्वर राउत मातृदास

भाषासँग समाज र राष्ट्रको शक्ति हुन्छ । यो सृष्टिमा भएमा लिपिहरूमध्येकै देवनागरि लिपिमा आधारित भएमा ६४ वटा वर्णाक्षरहरूलाई सर्वाङ्गपूर्ण वर्णाक्षरहरू मानिएको छ । ६४ वर्णाक्षरहरूमा १२ वटा बाह्रखरी, १६ वटा स्वर वर्णहरू र ३६ वटा व्यञ्जन वर्णहरू पर्दछन् । यी सबै वर्णहरूको उच्चारण गति ध्वनी विज्ञानमा आधारित भएको वैज्ञानिकहरूले पुष्टि गरेका छन् । देवनागरि लिपिमा भएका ६४ वटै वर्णहरू वायुमण्डलमा रहेको ध्वनिसँग तादात्म्य भएको मानिएको छ । ब्रमाण्डमा ४९ वटा वायुमण्डलहरू रहेको कुरा ऋग्वेदमा छ । यसरी हेर्दा भाषा र मानव जीवनको सम्बन्ध सधैं घनिष्ट र अभिन्न रहेको देखिन्छ । प्राण+शरीर = जीवन भएजस्तै लिपि+वर्णाक्षरहरू = भाषा हुन्छ ।

१. भाषाहरूको पनि भाषा अर्थात् जननी भाषा संस्कृति भाषा हो । विश्व ब्रम्हाण्डमा भएको वायु ध्वनिमा आधारित शब्दहरूको राशि भण्डार संस्कृत भाषामा छ । यो भाषाको प्रार्दुभाव भएको मूल भूमि नेपाल हो । यसको जीवन्त र ज्वलन्त प्रमाण बेदब्यास र ब्यास हिमाल मौजूदा यही छन् ।
२. नेपाल र नेपाली समाजलाई संस्कृत भाषाको बिरासतबाट अलग्याउन वि.सं. २०२८ सालमा नयाँ शिक्षाको आवरण देखाएर आरम्भ गरियो । संस्कृत भाषाजस्तो विश्व जननी भाषालाई मृतभाषा भनाउन लगाइयो । क्रमशः एक्ल्याइयो र बेग्ल्याइयो । त्यसपछि लेख्य, साक्ष्य प्रमाणित भाषा विहीन हुनेक्रमको थालनी भयो ।
३. यो भाषिक अत्याचारबाट प्राण पाउन नेपाली भाषाले, नेपाली समाजले वैकल्पिक सम्भावनाको कल्पना ग¥यो । भाषा, साहित्य, कला, संस्कार, संस्कृति, रितिरिवाज, परम्परा र सभ्यताको केन्द्रीय थलोको रूपमा रहेको नेपाली समाजले कथ्यको स्वरूपमा सनातनदेखिनै प्राकृतिक भाषा जसलाई खश, पर्वते र वर्तमान समयमा हामी नेपाली भाषा भन्दछौं, यसलाई लेख्य, साक्ष्य प्रमाणका रूपमा नेपाली समाजले ग्रहण ग¥यो । प्राकृतिक भाषा भएका कारण यसको सम्बन्ध आम नेपालीहरूमा मात्र होइन भारतीयहरूमा पनि प¥यो । हिन्दी भाषाभन्दा नेपाली भाषा हजारौं वर्ष पुरानो भएको कुरा प्रमाणित भइसकेको छ । यो प्राकृतिक भाषाको कुल र मुल पनि संस्कृत भाषा नै भएकाले यस भाषालाई शब्दहरूको अभाव र अपुगको समस्या भएन ।
४. आगन्तुक शब्द स्रोतको रूपमा सम्पूर्ण नेपाली समाजको कथ्यको रूपमा रहेका शब्दाबलीहरूलाई प्राकृत भाषाले ग्रहण ग¥यो । आगन्तुक शब्दाबलीहरूका रूपमा पनि प्राकृत भाषाले सहर्ष स्वीकार गर्दै आयो । यसरी संस्कृत, आन्तरिक, आगन्तुक, वाह्य आगन्तुक र प्राकृत आफू स्वयंको चौतर्फी शब्द स्रोतहरूलाई अवलम्बन गरेका कारणले गर्दा हाल नेपाली भाषाको विस्तारले स्वतः व्यापकताको दायरालाई विशाल बन्नमा महत्वपूर्ण भूमिका निभायो । संस्कृत भाषाकै सर्वोत्कृष्ट देवनागरि लिपि र सर्वगुणसम्पन्न वर्णाक्षरहरू नै नेपाली भाषाका कुल र मुल भएकाले यो भाषाले व्यापकता पायो । संस्कृत भाषाको धरातलबाट अलग्याएर नेपाली भाषालाई कथ्यमा मात्रै सीमित राख्ने षड्यन्त्रबाट बचेर नेपाली समाजले आफ्नै धरातलबाट उत्पन्न भएको प्राकृत अर्थात् नेपाली भाषालाई आत्मसाथ गरेपछि संस्कृत भाषालाई विस्थापित गरेजस्तै नेपाली भाषालाई पनि सधैंका लागि समाप्त पार्ने प्रथम प्रहार झर्रोवादबाट प्रारम्भ गरेको पाइन्छ ।
५. (क) झर्रोवादको थालनी वि.सं. २०१३ सालदेखि भारतको बनारसबाट भएको हो । यो अभियानमा मुलत चार जना व्यक्तिहरू प्रयोग भए । जसमा डा. तारानाथ शर्मा, प्रा.डा. वल्लभमणि दाहाल, प्रा. बालकृष्ण पोखरेल र चुडामणि रेग्मी थिए । झर्रोवादको अर्थ ठेट नेपाली भाषा प्रयोग भनिए तापनि यसको मुख्य उद्देश्य संस्कृत भाषाबाट आएका शब्दाबलीहरूलाई अलग्याउने उद्देश्य रहेको देखिन्छ । किनकि प्राकृत भाषाबाट मिश्रित भएकाले नेपाली भाषा आफैंमा ठेट छँदैछ । यसलाई झर्रोको आवरणले ढाकेर संस्कृत भाषा कुल र मुल भएर आएका शब्दहरूलाई बेग्ल्याएपछि नेपाली भाषाको स्रोत साँघुरिन्छ । संस्कृत भाषालाई जस्तै नेपाली भाषालाई पनि नेपाली समाजबाट पन्छाउन सकिने आँकलन एक किसिमले भाषाघाती अभियानलाई नेपाली समाजले प्रयोगजनहिन बनायो । जसका कारणले गर्दा यो अभियानका अभियन्ताहरूले यो अभियानलाई परित्याग गरे । डा. तारानाथ शर्माले त एउटा लामो लेख नै लेखेर मैले आफ्नै आमाको छातीमा लात हानेछु भनेर पश्चातापयुक्त अभिव्यक्ति दिएका थिए । त्यतिमात्र नभएर लामो समयसम्म शर्माले आफ्नो थरको तालब्य ‘श’ लाई हटाएर दन्त्य पातलो ‘स’ लाई प्रयोग गरेर डा. तारानाथ सर्मा लेखे । कालान्तरमा तालब्य शको शर्मा लेख्दा ब्राम्हण जातिको एक जात हुने र दन्त्य पातलो सको सर्मा लेख्दा कुकुर्नी हुने बोध भएपछि उनले पछि र हालसम्म तारानाथ शर्मा नै लेखेर यथार्थलाई आत्मसाथ गरेको देखिन्छ । प्राडा वल्लभमणि दाहाल र प्राडा बालकृष्ण पोखरेलले पनि यो भाषा विरोधी वास्तविकता बोध भएपश्चात् अभियानलाई परित्याग गरिदिनुभएको देखिन्छ । वि.सं. २०७५ सालमा देवनागरि लिपि तथा वर्णाक्षरहरू बचाउ अभियानद्वारा आयोजित समारोहलाई संबोधन गर्दैै प्राध्यापक बालकृष्ण पोखरेलले भने, हामीहरूले थालेको झर्रोवादी आन्दोलनभन्दा सबै दृष्टिकोणले देवनागरि लिप र वर्णाक्षरहरू बचाउ अभियान नै कालजयी छ र हुन्छ । लिपि र बर्णाक्षरहरू नै भाषाको मुटु, मेरुदण्ड र प्राण हो । यसकारण झर्रोवादी आन्दोलनलाई परित्याग गरेको बताउनुभयो । नेपाली भाषाको गतिशिल मार्गमा केही समयसम्म एक्ल्याउने र बेग्ल्याउने नीति आफैंमा निस्तेज बन्यो । नेपाली भाषा आफ्नो रफ्तारमा निरन्तर अगाडि बढिरह्यो । भारतमा बस्ने नेपालीहरूले पनि निरन्तर रूपमा ४८ वर्षसम्म आन्दोलन गरेर भारतको संविधानको धारा ८ को अनुसूचिमा स्थापित गराएर नेपाली भाषालाई वैधानिकता दिलाएरै छाडे । परमबीर गोखौली जातिमाथि इतिहासका हरेक कालखण्डहरूमा अनेक बिघ्नबाधाहरू नआएका होइनन् ती सबै अन्याय र अत्याचारलाई परास्त गरेर नेपालीहरूले आफ्नो सार्वभौम अस्तित्वलाई कायम राख्न सफल बन्दै आइरहेका छन् ।


सम्बन्धित समाचार