Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

भिभान्तको भात भान्छाले युवाहरु भड्कीए

सभापति पद एउटा छ आकाक्षी एक दर्जन त्यो पनि प्रजातान्त्रकि पाटी नेपाली काग्रेसमा । पुरानो पुस्तालाई उमेर हद नलाग्ने नयाँ पुस्ताले स्थान नपाउने यस्तै गाई जात्रामा चलेको छ नेपालको राजनितीमा । प्रसंग नेपाली काग्रेसको चौधौ महाधिवेशन को तयारी सम्बन्धि हो । दोस्रो पुस्ताका नेताहरु डाक्टर शेखर कोइराला कृष्ण सिटौलाहरुको गठबन्धनलाई बाईपास गदै व्यापारी लगानी कर्ता र ठेकदार को लहलहैमा लागेका सभापती शेरबहादुर देउवा वरिष्ट नेता रामचन्द्र पौडेल माहामन्त्री शंसाक कोइरालाहरुलाई विनोद चौधरीले आफ्नै होटल भिभान्ता मा व्यवस्था गरी दिएको भात भान्सा पच्न नपाउदै काग्रेस भित्र रडाको मच्चीने स्थिती पैदा भएको छ । शेरबहादुर देउवाले श्रीमती आरजु देउवाको पाटी नत्तृव्वमा प्रवेश गराउन सकेमात्र दोस्रो चरणमा सभापती पदको लोभ नगर्ने संकेत देखाएपनि उनको पक्षमा लागेका युवानेताहरु बालकृष्ण खाड डा.प्रकाश शरण महत रमेश लेखहरुको बारेमा के सोचियो ? यही प्रश्नले होटल भिभान्तको गठबन्धन भत्काउने अवस्था सृजना भएको हो ।
उता राजनितीक चरण देखि देउवा पक्षकै वकालत गदै आएका विमलेन्द्र निधीले यस पटक सभापति पदमा आफुलाई सघाउन शेरवहादुर देउवा रामचन्द्र पौडेल प्रकाश मान सिंहलाई भेट गरेको थाहाँ हुदाँहुदै चौधरीको होटलमा जम्मा भएका नेताहरुले डा. शशांकलाई सभापती पौडेललाई राष्ट्रपति देउवालाई प्रधानमन्त्री को पद दिएर गरिएको संम्झौता कति टिक्ने हो ठेगान छैन । कृष्ण सिटौला, नविन्द्रराज जोशी , उदय समशेर राणा , रामकृष्ण चित्रकार , गगन थापा ,प्रदिप पौडेल, धनराज गुरुङ्ग, गुरुराज घिमीरे, चन्द्र भण्डारीहरु जस्ता युवा नेताहरुको काग्रेसमा स्थान नभएकोले व्यापारी र ठेकदारहरुको भातभान्सामा रमाएर सभापती देउवा उदारो प्रमपदको सहमतीमा पुगेका हुन् ?यो प्रश्नले अहिलेको रडाकोलाई संकेत गर्दछ । कीनकी काग्रेसमा क्रियाशिल सदस्यता वितरण नविकरण र नवप्रवेशीहरुको व्यवस्थापन भएको छैन । विमेलेन्द्र निधिले मदेसको मत कब्जा गरेभने व्यापारी र ठेकेदारहरुको योजनामा चलेका देउवालाई ठुलो झड्का लाग्न सक्छ ? उनी काग्रेसमा विचारका धनी प्रदिप गिरीको आड नपाईकन सभापति पदका निमीत्त हाम फालेका होइनन् । वंश परम्परामा पाटी नेतृव्वमा पुग्ने संस्कारलाई नेताहरु डाक्टर शसांक कोइराला प्रकाश मान सिंह विमेलेन्द्र निधि सुजता कोइराला सम्मको हैसियत काग्रेसमा संघर्ष गदै आएका युवा नेताहरुले नबुझेका होइनन् । यस पटक कृष्ण सिटौला र शेखर कोइरालाको समुहलाई कार्यकर्ताहरुले साथ दिएभने काग्रेस सर्पन सक्छ । माहोल हेरेर विमलेन्द्र निधि, प्रकाश मान, सिंहको परिवेश वदलिन पनि सक्छ । पुरानो पुस्ता काग्रेसमा मात्र होइन नेकपा, जसपा, राप्रपा मा समेत अपच भएको छ । भ्रष्ट्राचार कमिशन दलाली र विचौलिया हरुको वकालत गर्ने यो पुस्ताले राजनितीक आर्दश र सिद्धान्त त्यागेकै छ व्यवहारिक पक्ष समेत लज्जीत हुने गरी बदनामी कमाएको छ ।
कम्युनिष्ट सरकारको नितीगत लुटको विरुद्ध लड्न त परको कुरा काग्रेसबाट महंगीका विरुद्ध समेत सडक प्रर्दशन भएको जनताले देखेन । कोरोना कहरको यो अवधिमा सरकारका कमीकमजोरीहरुलाई योजना वद्ध रुपमा जनतामा पुर्याएर भावी रणनिती तयार गर्नु पर्ने त्यो काग्रेस देशको राजश्व छल्ने आफु विश्वको धनाड्य चौधरीहरुको पछी लाग्दा शेरबहादुर देउवालाई आफुले पाएको अपजस हट्छ भन्ने लागेको हो ?यही कारण र त्यो व्वहारले काग्रेसका संस्थापक स्वर्गीय विपी काइरालाको सिद्धान्त गणेश मानको आर्दश कृष्ण प्रसादको त्यागको झोली थापेर अहिले सम्म शेरबहादुर देउवा रामचन्द पौडेलहरुले पदको भिक मागेका हुन् ।के कागे्रसमा यिनै प्रधान मन्त्री यिनै राष्ट्रपति यिनै सभापति बन्नका निमीत्त युवा पुुस्ताले संघर्ष गरेको हो । यस्तै स्थिती नेकपामा पनि भएकोले झन्डै २ तिहाईको सरकार दलाल र विचौलियाहरुको आम्दानीको श्रोत बनिरहेको बुझ्नु पदैन ?