Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

भीडमा बसेर मुख सम्हाल्न नसकेपछि…..

काठमाडौं । रातो मच्छिन्द्रनाथको रथजात्राको विषयलाई लिएर सार्वजनिक रुपमै तथानाम गालीगलौज गर्ने एक जनालाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले ललितपुर कुसुन्तीका संजय शाक्यलाई पक्राउ गरेको हो । पुल्चोकमा भएको घटना सम्बन्धमा ढुङ्गामुढा गर्ने, उपस्थित भीडलाई उत्तेजित गराउने र ललितपुर महानगरपालिकाका मेयरकोसमेत घांटी रेटिदिन्छु भन्दै सार्वजनिक रुपमै अन्तर्वार्ता दिने शाक्यलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई ललितपुर कुसुन्तीबाट पक्राउ गरी आवश्यक कारवाहीको लागी महानगरीय प्रहरी परिसर ललितपुर पठाइएको सूचना अधिकारी प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी दिएका छन् ।