Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

भुसालको पार्टी प्रवेश

फुटेको पार्टी हत्तपत्त ठूलो हुँदैन । त्यसैले ठूलो रूप लिन समय लाग्छ । नेताहरूले हतार गरेनन् भने नेकपा एमाले पनि जेलिएका ठाउँ नपाएका नेता कार्यकर्ता नेकपा एकीकृतमा आउलान् । तर त्यो पार्टीका नेताले भने जस्तो संगठन विस्तार भने भएन । माओवादीकै सहयोगले नेकपा एसका १० जना सांसद भएका हुन् । थ्रेस होल्ड कटाउथ्यो भने त्यसका ६ जना थपिन्थे । पार्टी राष्ट्रिय हुन्थ्यो । काँग्रेसले अन्तसम्म प्रचण्डलाई झुलायो काँग्रेसलाई समय दिएर नै एमालेका अध्यक्ष केपीले झुलाए । कम्युनिष्टहरू मौकामा हिरा फुटाउँछन् काँग्रेस जिरा टिप्छ भन्ने कुरा यस पटक प्रमाणित भयो ।
तर, माधव नेपाल र केपी ओलीको ट्युनिङ मिलेको छैन । एमाले सिद्धान्त, नीति कार्यक्रममा चल्दैन । सामुहिकता त्यहाँ छँदैछैन । यस पटक ओली जे भन्छन् त्यही जनताको जनवाद बनेको छ । माधवलाई पार्टी फुटाउन उचाल्ने दश भाइका अंशियारबाट सांसद भएका गोकर्ण विष्ट, योगेश भट्टराई प्रत्यक्ष निर्वाचन जितेका छन् रघुजी पन्त, समानुपातिकबाट सांसद भए । युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्यले चुनाव लड्ने आँट गरेनन् । सुरेन्द्र पाण्डेलाई जिताउन केपीले समेत जमेर चितनवनमा बोलेनन् । शेरबहादुर तामाङ, कृष्णभक्त पोखरेल समेत निर्वाचित हुन सकेनन् । घनश्याम र भीम रावल टिकट नपाउनेमा परेका थिए ।
पाण्डे, शाक्य र ज्ञवाली पार्टीको उपाध्यक्ष नै भएका छन् । यिनले भनेर एमालेमा यिनको सुनुवाई कस्तो होला ? जहाँ पार्टीमा छलफलका एजेन्डा नै ओलीको मुखले ओकल्छन् । योगेश र गोकर्ण पनि पार्टी सचिव भएका छन् । तर एमालेबाट लस्करका लस्कर नेता कार्यकर्ता समाजवादीमा प्रवेश गर्ने आश त छैन । तर घनश्याम भुसालको समाजवादीमा प्रवेशले हल्ला त चर्को छ जनमत कहिले तयार होला ?
भूसालले राज्य सत्ताको मौका नपाएका होइनन् । यिनको शुद्धताले आदर्श कति धान्छ । कृषिमन्त्री यी हुँदा किसानले नपाएको मल अहिले पनि पाएका छैनन् । दुई तिहाईको सरकार ४१ महिनासम्म चल्दा स्पष्ट नीति र योजना कार्यान्वय गराउन सकिन्थ्यो । नीगिगत रूपमा काम हुँदा नियमित आउने कामहरू सहज बन्थे । किसानको उपजले भाउ नपाउने कृषि महल हाहाकार हुने उखु किसान मिल मालिकबाट शोषित हुने मिल मालिकहरू राजनीतिक रूपमा काँग्रेस र एमालेका सहयोगी बन्नेक्रमलाई तोड्न नसक्ने कम्युनिष्ट पार्टीका भुसाल उपमहासचिवनै थिए ।
भुसालको सरकारी कामको क्षमता देखिएकै हो । पार्टीको कामको क्षमता दलाल, माफिया, बिचौलिया मार्फत् काम गर्ने एमालेको सञ्जाल तहतहस भएन । अझै पनि एमालेमा त्यो सञ्जाल छ । समाजवादी पार्टीका सांसदहरू सरकारलाई विश्वासको मत दिनु सरकारमा जानुपर्छ भन्नेमा छन् । कृष्णकुमार श्रेष्ठ, प्रेम आले, धनबहादुर बुढा जस्ता गैर राजनीतिक अनुहारहरूले मन्त्री पदको दावी गर्दा समाजवादी पार्टी र जसपाबीच पार्टी एकताको त्यान्द्रो किन अलअलमा छ । घनश्याम भुसालको समाजवादी अवधारणाभित्र जनताको बहुदलीय जनवाद कति परिवर्तनकारी छ भन्ने कुरा केपी ओलीका ४१ महिनाको हुकुमी शासनले देखाएको कारण कम्युनिष्टहरूप्रति जनताले विश्वास गर्न सक्ने अवस्था भएन ।