Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

भोको पेटका ट्याक्सी चालक सडकमा

काठमाडौं। रोगले भन्दा भोकले मर्ने अवस्था आएपछि मान्छेले विद्रोह गर्छ । लगातारको लकडाउनका कारण थुप्रै मानिस समस्यामा परेका छन् । लामो समयदेखिको लकडाउनका कारण ट्याक्सी चलाउन नपाएपछि आफूहरु समस्यामा परेको भन्दै ट्याक्सी खुलाउन दबाव दिने उद्देश्यले अखिल नेपाल यातायात मजदुर संघ उपत्याका विशेष समिति र उपत्याका ट्याक्सी व्यावसायी तथा चालक सेवा समाज आन्दोलित भएको छ। यसअघि यातायात व्यवस्था विभागले असार १५ गते सम्म आफूहरुको माग सम्वोधन गर्ने आश्वासन दिएपनि हालसम्म कुनै पहल नगरेका कारण बाध्य भएर आन्दोलनमा होमिनु परेको अखिल नेपाल यातायत मजदुर संघ उपत्याका ट्याक्सी विशेष समितिका अध्यक्ष सूर्य तामाङले जानकारी दिए। पछिल्लो समय सार्वजनिक यातायात बन्द भएपछि रातो नम्बर प्लेटले यात्रु बोक्ने गरेको भन्दै तामाङले ट्याक्सी चालकहरुले कोठाभाडा तिर्न नसकेर समस्यामा पर्दा सरकारले वास्ता नगरेको उल्लेख गर्दै भनेका छन्, सरकारले अहिलेसम्म ट्याक्सी संचालन गर्न सक्ने वातावरण बनाएन, अब हामीले सबै ट्याक्सी सिंहदरबारभित्र लगेर धर्ना बस्छौं।