Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

भोजविक्रम र बीनाका ठेकदारको खोजी

काठमाडौं । दशैको मुखमा एडिविको दास्रोचरणको उपआयोजनाको ठेक्का बाँडेर रु वर्ष १४ अर्बको कमिशन तत्कालिन खानेपानी मन्त्री बीना मगरले पाइन् कि पाइनन् ? तर भ्रष्टचारमा माहिर द्वीप बस्न्यातका नाताले भाञ्जा भोजबिक्रम थापाले भने पाएको खबर छ । ६ जना ठूला ठेकदारहरूलाई विभागीय मन्त्रीले ठेक्का बाँडेको थाहा पाएर प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीलाई झपारे पनि ठेक्दारले पेस्की लिइसकेका थिए । दशैंको मुखमा रातारात ठेकदार पोसिए, अहिले आयोजना कार्यन्वयन निर्देशनालयलाई राजनीतिक दलका ठूला नेता भन्दा पनि ठूला ठेकदारहरूलाई काममा सरीक गराउन नै भ्याईनभ्याई छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो गुटका मन्त्रीले दिलाएका ठेक्का राज्यकोषको खर्चमा चासो दिँदैनथे । त्यही कारण तत्कालीन सचारमन्त्री गोकुल बाँस्कोटाले आइटीको ठेक्का सेक्युरिटी प्रेस खरिदको योजना आफ्नै ढंगले अगाडि बढाए ।

अहिले ओलीको पक्षमा लागेर मन्त्री पद पड्काएका जनयुद्धका सहमागी नेताहरूका ७ मन्त्रालय गृह, उद्योग, ऊर्जा, खानेपानी, सहरी विकास, खेलकुद र श्रम मन्त्रालय अन्र्तगतका ठेक्का पट्टामा प्रधानमन्त्रीको एकल निर्णय हुने गरेका छन् । बीना मगरले प्रम ओलीलाई हस्तक्षेप गर्न नदिनु सकारात्मक पक्ष हो । तर ३० वर्षदेखि उपत्यका बासीको सपना मेलम्चीको पानी वैशाखसम्म राजधानीमा झर्छ झर्दैन ? शंका त्यो हो । मेलम्ची उपआयोजना दुइभित्र पाइप विस्तार ट्याङ्की निमार्ण चक्रपथ बाहिरको काम बाँकी छ । त्यो कामको ठक्का लिएका कालिका कान्ट्रक्सन, लाभा कन्ट्रक्सन, शर्मा एण्ड कम्पनिका मालिकहरू काँग्रेस र राप्रपाको छत्रछायामा छन् । कतै कम्युनिष्ट पार्टीले मेलम्चीको जस लिन नसकोस् भनेर ठेकदारहरूलाई उचालिरहेका त छैनन् शंका त्यहाँ छ ।

अहिले समय घर्किसकेको छैन । २५ प्रतिशत मोबिलाइजेसन खर्च लिएका ठेकेदारहरू बेपत्ता भइरहदा युवा जोशका आयोजना कार्यन्वयन निर्देशनालयका कार्यकारी कमल श्रेष्ठ आफैंलाई पनि मेलम्चीको बलियो ठेकदारहरूलाई समेट्दै आयोजनाको लक्ष्य र उदेश्य पुरा गराउने दायित्व लिएका छन् । विभागीय मन्त्री मणिचन्द्र थापा आफैं मेलम्ची बाँध स्थलमा पुगेर फर्केका छन् । अघिल्लो टीमले थुपारेका फोहोर सफा गर्ने काम पनि बाँकी छ । स्थानीय जनतालाई भड्काउन मेलम्चीका विरोधीहरू सलबलाउने पनि गर्छन् । एडीबीको लगानीको ३५ प्रतिशत रकम एडिबी कै परामर्श दाता र कन्सल्ट्यान्टले लैजान्छन् । गुणस्तरका कुरामा शंका छ । ठूलो लगानीका ठूलो प्रोजेक्टको समय थप्ना साथ बजेट बढ्छ । मेलम्चीमा नेपाली जनताको थाप्लो डसेको धेरै भयो । नेताको स्वार्थ त्यहाँ लुकेको कुरा आफैं विज्ञ प्राविधिक सचिव माधव वलेवासेलाई थाहा छ । मन्त्रीले आफ्ना योजना केही ल्याएका छैनन् । पूरानो काम समयमा टुङ्गोमा पु¥याउन सक्नु नै मणि थापाको सफलता ठानिन्छ ।

तर पिआइडीका सम्पन्न भएका पाइप विस्तारको कामको गुणस्तरमा शंका छ । त्यसैले बारम्बार ठूला पाइप विस्तार भएका ठाउँमा पटक–पटक चुहावट नियन्त्रणको काम भइरहेका छन् । उता केयुकेयलको काम भनेको पुरानो पाइपबाट भएको चुहावट टाल्दैमा फुर्सद मिलेको छैन । त्यहाँ राजनीति धेरै हुन्छ । कर्मचारी इमान्दार छैनन् । यस्तो भद्रगोलको केयुकेएलमा महाप्रबन्धक मिलन शाक्यलाई कर्मचारी परिचालन गर्न नै हैरान छ । यही बीचमा आयोजना कार्यन्वयन निर्देशनालयको व्यवस्थापनले १४ अर्बको ठेक्का लिएका महारथीहरूलाई काममा खटाउन जति ढिलो गर्छ आयोजनाको काम सम्पन्न हुन ढिलो हुन्छ भन्ने बुझेर नै कमल श्रेष्ठको टीम खट्न सक्नु पर्छ भन्ने मत जनताको हो ।