Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

भ्रष्टाचारको विरोध गर्दा विष्णुलाई ज्वरो

काठमाडौं । आफू सुकुम्बासीको नाममा पाएको जग्गा बेचेर अर्बपति भएको दाबी गर्न पछि नपर्ने ललित निवास प्रकरणमा माफियालाई सहयोग गरेबापत ८ आना जमिन हत्याउने नेकपाका महासचिव विष्णु पौडेलले भ्रष्टाचार विरोध गर्ने प्रभु शाह विरुद्ध कुन नैतिकताले स्पष्टीकरण सोधे होलान् ? विष्णु पार्टी अध्यक्ष खड्ग ओली पक्षधर हुन् । ओली पक्षले गरेका कानुन विपरितका कुनै अपराधको छानविन गर्न नपाउने व्यवस्था कानुनमै गर्न मिल्ने बनाउन सक्ने भए बनाउन नेकपाको नेतृत्व प्रयास गथ्र्यो । अहिले देशमा चलिरहेको छानविन प्रक्रिया बालुवाटार काण्ड, नेपाल ट्रष्टको सम्पत्ति छानविनले चर्चा पाएको छ । विष्णु पौडेल अहिले महासचिव छन् । पार्टीलाई बदनाम गराउन लागेका नेताहरू अहिले आफ्नै स्वार्थका निर्णय गराउन जुटेका छन् । वामदेव गौतमलाई ठूलो भाग खोज्न अहिले संविधान संशोधन गराउन वरिष्ठ नेता माधव नेपाललाई संयोजक बनाएर नेतृत्वले देखाएको चासोप्रति जनताले आक्रोश प्रकट गरिसकेका छन् । प्रभु साहले भ्रष्टाचार काण्डमा जो जोडिन्छन् तिनलाई छानविनमा ल्याउनुपर्छ भन्दा विष्णु पौडेलकति शुद्ध थिए र स्पष्टीकरण सोध्ने नैतिकता राख्थे ? पौडेलले राजनीति गर्दा गरेको कमाई नै भैसे पार्टी महल हो । उनी खेलकुद मन्त्री पनि भए । एक पटक अर्थमन्त्री, पर्यटनमन्त्री, जलस्रोतमन्त्री पनि भए । राष्ट्रको धन लुट्न यिनले पाएको सफलताकै कारण लुम्बिनी विकास कोषको सदस्यसचिव पदमा पाल्पाको प्रजिअ पद त्यागेका महाभ्रष्ट विष्णुप्रसाद ढकाललाई नियुक्ति दिलाउँदा झन विवादमा परेका थिए । आफू बालुवाटार प्रकरणमा परेको व्यक्तिले कसरी प्रभु साहलाई स्पष्टीकरण सोध्न सके ? ओली गुटले जस्तै अपराध गरे पनि कानुनले छुँदैन भन्ने कुरा त दर्जनौं घटना छँदैछन् । पौडेल आफूले ल्याएका कुनै पनि योजनाको कार्यान्वयन गराउन नेताहरूलाई दबाव दिन छाड्दैनन् । माधव नेपाल प्रधानमन्त्री बन्दा विष्णुकै दबावमा ललिता निवास प्रकरणमा ३ वटा फाइल मन्त्री परिषद्ले सदर गरेको थियो । त्यही बेला माफियाले पौडेलका छोरालाई देखावटी रु ४ लाख थैली राखेर उपहारस्वरुप ८ आना जग्गा पास गरेका हुन् । प्रभु साहले भ्रष्टाचारको विरोध गर्दा विष्णुलाई ज्वरो किन आयो ? किन उनले चोरले झैं खुट्टा थुते ?


सम्बन्धित समाचार