Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
बोल्न जे बोले पनि हुन्छ किनकि उनी एमाले अध्यक्ष हुन् । यिनले ४१ महिना शासन चलाए । यिनको पार्टीले लिएको नीति, सिद्धान्त र कार्यक्रमअनुसार सरकार चल्यो कि केपीको मौखिक आदेश मान्नेहरूकै हैकम ? जनताले केपी शासन कालजयी नै ठान्यो । किनकि कुनै समयमा कुनै पनि क्षेत्र सहज थिएन । ओली शासनमा जे जस्तो छ अहिले त्यही छ । कम्युनिष्ट पार्टीको जनपक्षीय नीति कार्यक्रमको पालना गरेको भए त्यो सरकारले इतिहास रच्ने थियो । सरकार देशभक्त, वापमन्थी प्रगतिशिल थिएन । त्यो सरकार माफिया, दलाल, विचौलियाको थियो । त्यसले तयार गरेको बाटो काँग्रेसका शेरबहादुरले ग्रहण गरे माओवादीका अध्यक्ष प्रचण्डले ग्रहण गर्नु नौलो होइन ।
माओवादी पनि नीति र कार्यक्रम जनपक्षीय बनाउने हो । व्यवहार त त्यो पार्टीका दिनानाथ शर्मा, जनार्दन शर्माहरूले देखाइसके । शक्ति बस्नेत भनेका शुद्ध दलाल हुन् । उनलाई प्रचण्डले दिए खाने त्यो मौका कमाउनमा लगाउन पर्नै नै छ । पार्टीका कामले जनतालाई कति छोयो, किसान मजदुरको हितमा के कति काम भए माओवादीले पनि चासो राखेन । राज्यको श्रोत लुट्ने ठाउँ केपी ओलीले देखाएकै छन् । पैसा कहाँ कसरी परिचालन हुन्छ राज्यलाई घाटा भए पनि आफू कुम्ल्याउने बाटो फेला पार्न केपी ओली हुन् । विचौलिया र भ्रष्टाचारी पनि यिनकै पक्षधर छन् । माओवादीले एकीकृत समाजवादी, जनता समाजवादी, नेकपा चन्द मिलाएर समाजवादी मोर्चा बनाएको थियो । काँग्रेसलाई उचाल्दै केपीले सरकारी मोर्चा भत्काउन दबाव दिन थालेका छन् ।
भुटानी शरणार्थी प्रकरण दोस्रो चरण कारबाही भएन । ओम्नी, हुकाम, थामसेर्कु, वाइडबडी, पशुपति जलहारी काण्डको कुरा उठ्दा भ्रष्टाचार नगर्नेले छानविन गरौं भन्छ केपी ओलीको एमाले किन आत्तिएको ? महालेखा प्रतिवेदन भेटाउन सकिँदैन । वामदेव गौतमको ७० वर्ष हद निलम्बनले फुर्किएर मेरै लागि एमालेले या उत्पात ग¥यो भन्ने सोच राखे जस्तै जलहारी प्रकरणले त केपीलाई पोल्यो । किनकि केपीको आफू शासक बन्दा जोडिएका सबै विषयमा छानविन होस् भन्ने आँट छैन ।
नेतृत्व जुनसुकै दलको होस्, झूठ नबोल भन्ने हो । भ्रष्टाचार र बेथिति नियन्त्रण सबैले गरेको भए नेकपाको पौरखी शासकहरूको चमक बढ्ने थिएन । देशले प्रगति गरेन भनेको नेताको प्रगति भयो भन्ने हो ? यो लूट र छुद्रताको नयाक को को बन्न मन छ । भ्रष्टाचार र बेथिति हटाउनुपर्छ, जनता भन्छ । सबै पार्टीका दस्तावेजमा ती कुरा छन् । तर काम गर्न नचाहने केपी ओलीहरू नेकपा एमालेमा छन् । यहाँ झूठो बोल्ने नेता र भ्रष्टाचारी नेतृत्व के कारण पार्टी बदनाम हुने गर्दछ । राज्य दोहन जसरी गरे पनि त्यसले जनता सताउँछ । जनताको सेवक नेता बन्दैनन् । नेता महाराज बन्ने कार्यकर्ता हाकिम बन्ने, जनता दास बन्ने अवस्था गणतन्त्रको कस्तो उपलब्धी हो । धेरै कुरा किन गर्नु प¥यो ? पार्टी विभाजनले ४० प्रतिशत खटपट भयो भनियो । ६० प्रतिशतले नविकरण नगर्दा सदस्यता बढाउने योजना एकाएक थन्कँदा कारक को हुन्छ ? पार्टीमा नेतृत्वको आचरण, व्यवहार पनि सँगसँगै जोडिन्छ । कुराको चुरो श्रमिक र सर्वहारा वर्ग, व्यवहारमा धनाढ्य र शोषकतिर केन्द्रीत भयो भने बदनाम कसको हुन्छ ? पार्टी अनुशासन सबैमा एकै हुनुपर्छ । नेताले जे बोले पनि हुने कार्यकर्ताले नेताका कुरामा प्रतिवाद नगर्ने भए त्यहाँ दाशत्व चम्कन्छ भन्ने कम्युनिष्ट काममा दाम निष्ट भयो भने जनताले सधैं त्यही पार्टी बोक्छ भन्ने छैन । भ्रष्टाचार सबैको शत्रु हो । यसमा जोडिएर म शुद्ध भन्नु अपराध हुन्छ । राष्ट्रिय ध्वजाबाहक कम्पनीलाई बन्द गराउन उसको व्यवहार खोस्ने काम जसले ग¥यो उसैले आफू मात्र मुलुकप्रेमी अरु बदमास बन्दा पत्याउनेहरू पनि चाहिन्छ होला नि ? त्यसैले झूठो नबोल कुर्सी केन्द्रीत चरित्र त्याग्ने आँट गर ।
२०८१ मंसिर १२
ताजा नेपाल
२०८१ मंसिर १२
ताजा नेपाल
२०८१ मंसिर १२
ताजा नेपाल