Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

मजदुर तथा बालबालिकालाई नेक्कोको सहयोग

काठमाडौं । नेको इन्स्योरेन्स काठमाडौं उपत्यका भित्रका शाखाहरुमा कार्यरत कर्मचारीले रकम संकलन गरी लकडाउनका कारण समस्यामा रहेका परिवारलाई सहयोग गरेका छन् । हाल कोभिड १९ को संक्रमणबाट सुरक्षित रहनको लागि नेपाल सरकारले गरेको लकडाउनको कारण सिफल, गौशाला आसपास रहेका बालआश्रमका बालबालिका, गलैंचा मजदुर, यातायात मजदुरहरुलाई विहान बेलुका हातमुख जोर्न समस्या परेको भनी मानव स्वास्थ्य सतर्कता अभियान नामक संस्थाले गरेको अनुरोधलाई मध्यनजर गर्दै बालआश्रमका ९२ जना तथा १०६ परिवार मजदुरका ४२० जना गरी करिब ५१५ जनालाई १० दिनको लागि आवश्यक पर्ने खाद्यान्न सहयोग प्रदान गरिएको छ ।
केही दिन अघि पनि कम्पनीका प्रमुख कार्यकारी अधिकृतले आफ्नो एक महिनाको पारिश्रमिक बराबरको रकमबाट किर्तिपुरमा करिब ८०० विद्यार्थीहरुलाई १५ दिनको लागि आवश्यक पर्ने खाद्यान्न वितरण गरेका थिए ।


सम्बन्धित समाचार

आजदेखि राउत नयाँ प्रधानन्यायाधीश

२०८१ आश्विन २०

ताजा नेपाल

अध्यक्ष ढकाल सम्मानित

२०८१ आश्विन २०

ताजा नेपाल