Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

मदन खरेललाई स्पष्टीकरणको थुप्रो

काठमाडौं । हवाई माफियाहरूको इच्छालाई त्याग्न नसक्ने वायुसेवा निगमका महाप्रबन्धक मदन खरेल जुन दिन महाप्रबन्धक पद त्यागेर हिँडे त्यो दिन कर्मचारीको साथ नपाएको बताउँथे । तीनै खरेललाई प्रधानमन्त्री ओलीका हवाई माफिया सल्लाहकारहरूको दबावमा कार्यकारी अध्यक्ष पद दिलाएर पुन निगममा भिœयाइयो अनि शुरु भो वाइडवडीको भ्रष्टाचार प्रकरण रु ३ अर्ब ७५ करोड ३५ लाखको कमिशन प्रकरणमा काँग्रेसका शेरबहादुर देउवा, एमालेका खड्ग ओली, माओवादीका पुष्पकमल दाहाल, फोरमका विजय गच्छदारले चुनाव खर्च लिएकाले सांसदको सार्वजनिक लेखा समितिका सभापति भरत शाह, छानविन उपसमितिका संयोजक राजन केसीको केही लागेन । अहिले विमान थन्क्याउँदै विदेशी चालक पाल्दा निगमले ऋण तिर्न सकेको छैन । वायुसेवा निगमको जहाज होल्ड गर्ने आफ्ना ग्राहक निजी विमान कम्पनीमा पठाउने गिरोहका नाइके नै मदन खरेल थिए । यी खरेलले २ वटा न्यारो बडी जहाज खरिदमा रु १ अर्ब ५० करोड भ्रष्टाचार गर्दा तत्कालिन अख्तियारका भगवतीकुमार काफ्लेले छानविनसम्म गरेनन् । आफूखुशी नेपाली सम्वृद्ध नेपालको दुहाई दिने प्रधानमन्त्री ओलीले भ्रष्टहरूलाई विश्वास गर्न छाडेका छैनन् । पहिले भ्रष्चार गरेको जान्दा जान्दै ओली नेतृत्वको सरकारले कार्यकारी अध्यक्ष पद दिनु नै गल्ती थियो । सरकारसँग रु. २० अर्ब मागेर खरेल निगम सुधार्छु भन्दा पत्याउने कुरा थिएन । यिनले वाइडवडी जहाज निगमसँग नराखी भाडामा दिन खोज्दैछन् । कर्मचारी सञ्चयकोष र नागरिक लगानी कोषले २४ अर्ब रकम निगमलाई ऋण दिँदा सरकार जमानी बसेको छ । अहिले मासिक १ अर्ब भन्दा बढी निगमले आम्दानी गर्दा पनि खरेलले ऋण तिरेका छैनन् । निगमले २ वटा अनुदानमा ४ वटा मूल्य तिरेर भिœयाइएका जहाज खरेल जस्ता भ्रष्मासुरहरूका कारण ग्राउन्डेड हुने गरेका हुन् । आफूसँग भएको स्रोत परिचालन नगर्ने, सरकारसँग पैसा माग्ने खरेलहरू नै वायुसेवा निगमका खुदाखोर भएर निस्केका छन् । तारा एयरले निगमको ३ वटा जहाज भाडामा लिएर उडाइरहेको छ । निजी कम्पनीले त्यही जहाजबाट डलर कमाउँछ निगमको भ्रष्ट गिरोह त्यस्तै जहाज ग्राउन्डेड गर्छ त्यस्तो लुट प्रधानमन्त्री ओलीको नजरमा किन नपरेको होला ? भ्रष्टहरूको अनुहार हेर्न नचाहेरै हो कि ? टुइनेटर जहाज चलाउने मदन खरेलले यति एयरका माफियाहरूको हित गरेका छन् । तारा एयर यतिएयरको भगिनी कम्पनी हो । वायुसेवा निगमका ३ वटा टुइनेटर जहाज तारा एयरले भाडामा लगे पनि पैसा तिरेको छैन । प्रधानमन्त्री केपी ओलीले वायुसेवा निगमलाई धरासायी पार्न हिमालयन एयरको जहाजबाट भारत र चीनको यात्रा गरेका थिए । मदन खरेलहरूकै कारण वायुसेवा निगम डुब्ने मात्र होइन सरकारको राष्ट्रिय योजनामा परेको नेपाल भ्रमण वर्ष २०२० पनि सफल नहुने निश्चित छ । प्रधानमन्त्री ओलीले भ्रष्टाचारको विरोध जतिसुकै गरुन् उनका सल्लाहकारहले घुत्न र चुस्न कही कतै बाँकी राखेका छैनन् । यस्तो स्थितिमा नेकपाको देश बनाउने नीति कसरी सफल होला ? हिजो खरेलको टोली जापान जाने तयारी गर्दै थियो ।