Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

मधेश प्रदेशमा सरकार बनाउन विपक्षी दलको छलफल

काठमाडौं । मधेश प्रदेशमा सरकारबाहिर रहेका दलहरूले जनता समाजवादी पार्टी जसपा नेपालबाहेकको सरकार बनाउन छलफलाई तीव्र बनाएका छन् । नेकपा माओवादी केन्द्र मधेश प्रदेश संसदीय दलका नेता भरतप्रसाद साहले वैकल्पिक सरकार गठनका लागि छलफल जारी रहेको बताउनुभयो । उहाँले आलोपालो नेतृत्व लिने गरी नेकपा एमाले, जनमत पार्टी, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टी लोसपा सहितको वैकल्पिक सरकार बनाउन करिबकरिब सहमति बनेको पनि बताउनुभयो । “पहिले जनमत, त्यसपछि माओवादी केन्द्र र अन्तिम वर्ष एमालेले आलोपालो सरकारको नेतृत्व गर्ने गरी छलफल अगाडि बढेको छ । सहमतिलाई थप परिपक्व बनाएर चाँडै सरकार बनाउन दाबी पेश गर्छौ”, दलका नेता साहले भन्नुभयो । प्रदेशसभामा एमालेबाट २५, जनमत १३, माओवादी केन्द्र नौँ, लोसपा आठ र एकीकृत समाजवादीबाट सातजना प्रदेशसभा सदस्य छन् ।